प्रहार समाचार । काठमाडौ , पुस २५ बुधबार । बलात्कार मुद्दामा दोषी ठहर भएर नेपालका चर्चित क्रिकेटर सन्दिप लामिछाने लाई ८ वर्ष कैद र ५ लाख रुपैयाँ जरिवानाको सजाय तोकिएको छ। यद्यपी लामिछानेले तत्काल कारागार जेलमा बस्नु नपर्ने भएको छ ।
१० वर्षभन्दा कमको सजाय बाहिरै बसेर लड्न पाउने कानूनी व्यवस्थासँगै सन्दीपलाई कारागार चलान गर्नु नपर्ने भएको काठमाडौं जिल्ला अदालतले जनाएको छ । अब सन्दीपले कारागार चलान नभई उच्च अदालतमा पुनरावेदन गर्न सक्नेछन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले सन्दीपलाई बुधवार ८ वर्ष कैद र ५ लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको हो । सन्दीपबाट थप २ लाख रुपैयाँ क्षतिपूर्ति समेत गरी कुल ५ लाख रुपैयाँ भराउने फैसला भएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जनाए ।

परिवर्तित नाम गौशाला २६ लाई जबरजस्ती करणी गरेको अभियोगमा सन्दीपलाई दोषी ठहर गरिएको हो । यस सङ्गै नेपाललाई क्रिकेटमा विश्व माझ चिनाउने लामिछानेको उज्वल भविश्यमा प्रश्न चिन्ह खडा भएको छ ।
























