हेडलाईनसमाचारप्रदेश

पूर्व डीआईजी महेशविक्रम शाहलाई  जेल सजाय

प्रहार समाचार । काठमाडौँ,पुस २५ बुधबार  । विशेष अदालत काठमाडौंले  नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) महेशविक्रम शाहलाई  जेल सजाय सुनाएको छ । 

रकम हिनामिना मुद्दामा दोषी ठहर्याउँदै उनलाई ३ वर्षको जेल सजायसँगै १६ लाख ६९ हजार ४२ रुपैयाँ ४४ पैसा जरिवानासमेत तोकिएको अदालत स्रोतले  जानकारी दिएको छ ।

पूर्वडीआईजी शाहसँगै मध्यक्षेत्रीय प्रहरी तालिम केन्द्र, भरतपुर, चितवनका तत्कालीन लेखापाल प्रहरी नायब निरीक्षक (सई) दीपेन्द्रप्रसाद पनेरूलाई पनि अदालतले समान सजाय सुनाएको छ ।

भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका पूर्वडीआईजी शाह लेखकसमेत हुन् । कथासंग्रह ‘छापामारको छोरो’का लागि उनले २०६३ सालमा मदन पुरस्कार पाएका थिए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button