हेडलाईनसमाचारगण्डकीम्याग्दे

म्याग्दे गाउँपालिकामा लघु उद्यम सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

प्रहार समाचार । तनहुँ , पुस २५ बुधबार । तनहुँको  म्याग्दे गाउँपालिकामा वडा नं ४ मा लघु उद्यम सम्बन्धि अभिमुखिकरण कार्यक्रम बुधबार सम्पन्न भएको छ ।

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमबाट महिलालाई सीप सिकाउने उदेश्यका साथ साे कार्यक्रम आयाेजना गरिएको हाे । 

महिलाले चाहेकाे र राेजेकाे सीप सिकेर व्यवसाय गर्न सकुन भनेर नै  अभिमुखुकरण कार्यक्रम आयाेजना गरिएको वडा न ४ का वडा अध्यक्ष दिपक कुमार श्रेष्ठले जानकारि दिए ।     साे कार्यक्रममा कार्यपालिका सदस्य वदिका घिमिरे भट्टराईले महिलाहरू स्वरोजगार भएर आफ्नो खुट्टामा आफै उभिनु पर्ने बताइन् ।

म्याग्दे गाउँपालिका उद्योग शाखा प्रमुख प्रदिप न्याैपानेले यस्ता कार्यक्रमहरूले गरिबि निवारणमा तथा महिलाहरूको आय आर्जनमा टेवा पुर्‍याउने बताउँदै सिकेको सिपलाई व्यवहारमा उतार्न आग्रह गरे । उनले उधाेग व्यवसाय गर्दा धाेरै लागानिमा पनि धेरै आम्दानि गर्न सकिनेमा बताएका थिए।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button