हेडलाईनसमाचारगण्डकीभिमाद

तनहुँमा जीप दुर्घटना हुँदा दुईको मृत्यु, दश घाईते

प्रहार समाचार । तनहुँ, पुस २५ बुधबार ।
तनहुँमा बुधबार  जीप दुर्घटना हुँदा दुई जनाको मृत्यू भएको छ भने १० यात्रु घाईते भएका छन् । भीमाद नगरपालिका–. ३ सुनाकोट बराथुम्की स्थित डेढगाँउ–भिमाद भित्री सडक खण्डमा दुर्घटना हुदाँ सो सङ्ख्यामा मृत्यु र घाईते भएका हुन् ।

पोखराबाट रामपुर पाल्पा तर्फ जादै गरेको ग १ ज ६३५६ नं.को जिप सडक देखी करिव १५० मिटर मिटर तल खोलामा खस्न गई दुर्घटना हुदाँ जिप चालक सहित जिपमा सवार यात्रुहरु मध्ये १२ जना यात्रुहरु घाइते भएकोमा दुई जनाको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय तनहुँका  प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले बताए । घाइतेहरुलाई तत्काल उद्धार गरी उपचारको लागि पठाइएकोमा मध्ये जिपमा सवार नवलपुर जिल्लाको बौदीकाली गाँउपालिका–२ बस्ने वर्ष ४२ को रुमबहादुर बि.क. र सोही ठाउँ डेढगाउँ का वर्ष ५५ का जेमलाल दरैको उपचारको क्रममा जि.पि. कोईराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र बेलचौतारामा मृत्यु भएको प्रहरीले जनाएको छ ।


प्रहरीका अनुसार गण्डकी अस्पताल पोखरामा उपचार भईरहेका घाईतेहरुमा स्याङजाको  चापाकोट नगरपालिका–६ बस्नेहरु बर्ष ३२ की रेनु थापा, वर्ष ६ की रनिसा थापा, शुक्लागण्डकी नगरपालिका– ६ बस्ने बर्ष ४८ की सेतु कार्की, पाल्पा निस्ति गाउँपालिका–२ बस्ने बर्ष २७ की पुजा सारु,  भिमाद नगरपालिका– ३ बस्ने बर्ष ६२ को दण्डपाणी रिजाल, घिरिङ गाउँपालिका– ४ बस्ने बर्ष ५० को तिखे थापा  छन्।


जीपीमा उपचार हुनेहरुमा नवलपुर जिल्लाको वौदिकाली गाउँपालिका–. २ बस्ने बर्ष ४० को हरी ओझा, पाल्पाको  निस्ति गाउँपालिका– १ बस्ने बर्ष ६६ को ज्ञानबहादुर राना, स्याङजाको चापाकोट नगरपालिका– ७ बस्ने बर्ष ४६ को दिनानाथ कँडेल र पाल्पा जिल्लाको रामपुर नगरपालिका– ७ बस्ने बर्ष ३१ को लक्ष्मण पङ्गेनी रहेका छन्। दुर्घटनाको बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button