प्रहार समाचार । काठमाडौँ, पुस २२ आईतबार । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज मतदाताहरूको अन्तिम नामावली प्रकाशित हुँदैछ । आज अन्तिम नामावली प्रकाशित भएपछि सोमवार सातै वटा प्रदेशमा उम्मेदवारी दर्ताको कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ ।
मनोनयन दर्ताका लागि विभिन्न कागजात पेश गर्नुपर्ने तथा १८ वटा नियम मान्नुपर्ने निर्वाचन आयोगका प्रवक्ता सहसचिव शालिग्राम शर्मा पौडेलले जनाएका छन् ।

राष्ट्रियसभा सदस्य पदको लागि हुने निर्वाचनमा उम्मेदवारको मनोनयन पत्र दर्ता गर्दा निर्वाचन ऐन, २०७५, नियमावली, २०७६ र निर्देशिका, २०७६ बमोजिम देहाय अनुसारका कागजात पेश गर्नुपर्ने गरी आयोगको मिति बुधवारको बैठकबाट कागजातसहित १८ किसिमका पालना गर्नुपर्ने छ,’ उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

सत्ता गठबन्धनका नेताहरूले आजै बैठक बसेर राष्ट्रियसभाकाे भागबन्डा टुंग्याउने भएका छन् ।
























