प्रहार समाचार । तनहुँ, पुस २३ सोमबार अपाङ्गता भएका व्यक्तिहरुको हक हितका लागि लामो समयदेखि काम गर्दै आइरहेका पदम बहादुर परियार राष्ट्रिय सभा सदस्य बन्ने भएका छन्।
रिसेड तनहुँका अध्यक्ष एवं सि बि आर राष्ट्रिय नेटवर्क नेपालका राष्ट्रिय संयोजक सेमेत रहेका परियार नेपाली कांग्रेसले राष्ट्रिय सभा सदस्यको निर्वाचनको लागि सिकारीस गरेको १० सिटमा गण्डकी प्रदेशबाट उनको नाम परेको हो। उनि संगै गण्डकी प्रदेशबाट गोरखाका किरणबाबु श्रेष्ठ रहेका छन्।

नेपाली कांग्रेसले राष्ट्रिय सभा सदस्यको निर्वाचनको लागि १० वटा सिटको लागि उम्मेदवार तय गरेको छ । केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले १० सिटको लागि उम्मेदवार तय गरेको कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार कांग्रेसले कोशीमा कृष्णप्रसाद सिटौला र मधेसमा आनन्दप्रसाद ढुंगानालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
बाग्मतीमा जीतजंग बस्नेत र विष्णुदेवी पुडासैनीलाई उम्मेदवार बनाउने भएको छ । लुम्बिनीमा विष्णुकुमारी सापकोटा, कर्णालीमा कृष्णबहादुर रोकाया र सुदूरपश्चिममा बलदेव बोहरा र नारायणदत्त भट्टलाई उम्मेदवार बनाउने भएको हो ।















