हेडलाईनसमाचारबन्दीपुरगण्डकी

आर्थिक मामिला मन्त्री आले सहितको टोलीद्वारा खड्का परिवारमा समवेदना व्यक्त

प्रहार समाचार । तनहुँ, पुस २१ शनिबार । नेपाली कांग्रेस बन्दीपुर गाउँपालिका वडा नं २ का वडा कार्यसमितिका सभापति नारायण खड्कालाई मातृशोक परेकोमा गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जित प्रकाश आले , नेपाली कांग्रेस तनहुँका पूर्व सभापति बैकुण्ठ न्यौपाने , नेपाली कांग्रेस तनहुँका उपसभापति  राजेन्द्र कृष्ण श्रेष्ठ सहितको एक टोलीले समवेदना व्यक्त गरेको छ ।


उक्त टोलिले शनिबार बन्दीपुर २ नारायण खड्काको घरमा पुगि समवेदना प्रकट गरेको हो। टोलीले  मृत आत्माको चिर शान्तिको कामना सहित बैकुण्ठ बासको कामना गर्नुका साथै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना समेत प्रकट गरेको थियो ।

वडा सभापति नारायण खड्काको आमा भुली मायाँ खड्काको यहि पुस १३ गते ८५ वर्षको उमेरमा निधन भएको परिवारले जनाएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button