प्रहार समाचार । काठमाडौ, पुस – २१ शनिबार । राष्ट्रिय स्वतन्त्र पार्टीले आज एकैदिन विभिन्न जिल्लाका ५६ वडामा अधिवेशन गरेको छ ।
आज बिहान ११ बजेदेखि कोशी प्रदेशका विभिन्न जिल्लाका १८ वटा वडा, बागमतीका १० वडा, गण्डकीका १६ वडा र सुदूरपश्चिम प्रदेशका ५ वटा वडाहरूमा अधिवेशन सुरू भएको हो ।

पार्टी स्थापना भएको एक वर्षपछि रास्वपाले वडाको अधिवेशन थालेको हो। मंसिर २८ देखि रास्वपाले वडाको प्रथम अधिवेशन सुरू गरेको हो ।

वडा अधिवेशनमा रास्वपाका केन्द्रीय नेताहरूको पनि उपस्थिति छ। चितवनमा उपसभापति डिपी अर्याल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, काठमाडौंमा गणेश पराजुली खटिएका छन् । अन्य ठाउँमा प्रदेश समितिका सदस्यहरू खटाइएको रास्वपाले जनाएको छ ।
























