हेडलाईनसमाचारप्रदेश

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दबाब यात्रा शुरू

प्रहार समाचार । गैंडाकोट, पुस ९ सोमबार ।
राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको नारायणगढ–बुटवल खण्ड विस्तारमा ढिलाइ भएको भन्दै ध्यानाकर्षण गराउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दबाब यात्रा शुरूराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दबाब यात्रा शुरू गरेको छ । 

पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा आज नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैंडाकोटस्थित भृकुटीचोकबाट दबाबमूलक पदयात्राको शुरूवात गरिएको हो । 

दबाब यात्रा शुरू हुनु अगाडि आयोजित पत्रकार सम्मेलनमा सभापति लामिछानेले निर्धारित समयमा सडक विस्तार नहुँदा स्थानीयलाई समस्या परेको भन्दै सडक चाँडो निर्माण गराउन दबाब दिन यात्रा थालिएको बताए ।

यो बाटो बनेको छैन, विकास आयोजना नबन्दा स्थानीयवासी, यात्रु, व्यवसायीदेखि सबैले कष्टकर जीवन भोग्नुपरेको छ’, सभापति लामिछानेले भने, ‘यसलाई लिएर नीति निर्माण तहमा पनि कुरा हुन्छ ।’


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button