काठमाडौँ । पुस ९ सोमबार । राष्ट्रपति रामचन्द्र पौडेल सरस्वती बहुमुखी क्याम्पसको ६५ औँ वार्षिकोत्सवको कार्यक्रममा सहभागी हुने भएका छन्।
भोलि पुस १० गते मंगलबार बिहान क्याम्पस परिसरमा हुने सो कार्यक्रममा राष्ट्रपति पौडेल प्रमुख अतिथिका रुपमा सहभागी हुने छन् ।

“ सम्माननीय राष्ट्रपति विगतमा यस क्याम्पसको विद्यार्थी समेत रहनुभएको सन्दर्भमा राष्ट्रप्रमुखको रुपमा उहाँको उपस्थिति हुने भएकाले सम्पूर्ण क्याम्पस परिवार गौरवान्वित भएको छ । उहाँले यस क्याम्पसमा अध्ययनरत रहँदा विद्यार्थी नेताका रुपमा नेतृत्व गरी लोकतन्त्रका लागि गर्नुभएको योगदानको पनि यस क्याम्पस सगौरव स्मरण गर्दछ”, सरस्वती बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा गोलमान गुरुङद्धारा आज जारी विज्ञप्तिमा उल्लेख छ । क्याम्पसले सो कार्यक्रममा सहभागी हुन र कार्यक्रम भव्यतापूर्वक सम्पन्न गर्न पनि सबैमा आग्रह गरेको छ ।
























