हेडलाईनसमाचारप्रदेश

रास्वपाको पुस ९ गते देखि दबाब यात्रा

प्रहार समाचार । तनहुँ, पुस ६ शुक्रबार ।राष्ट्रिय स्वतन्त्र पार्टीले बुटवल–नारायणगढ सडक छिटो निर्माणमा दबाव दिने उद्धेश्यले दबाब यात्रा गर्ने भएको छ । बुटवलसम्मको ११३ किलोमिटर सडक खण्डमा रास्वपाको टोलीले सडकमा हिंडेर यात्रा गर्ने र सर्वसाधारणका गुनासो सुन्ने रास्वपाले जनाएको छ ।

नारायणगढ–बुटवल सडक खण्डको स्तारोन्नति पछिल्लो पटक निर्धारित समयमै सक्न दबाब दिने र सो सडकखण्डमा यात्रा गर्दा नागरिकले व्यहोर्नु परेको सास्ती र हैरानीप्रति ध्यानाकर्षण गराउने, सडक आसपासका स्थानीयसँग अन्तरक्रिया गर्नेयात्राको मुख्य लक्ष्य रहेको यात्रा संयोजक तथा रास्वपा केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सभापति राजन गौतमले जानकारी दिए । 

पुस ९ गते गैंडाकोटको पुल्चोकबाट यात्रा शुरुवात हुने उनले  बताए । यात्राको नेतृत्व रास्वपा सभापति लामिछानेले गर्नेछन् । टोलीमा सांसदहरु निशा डाँगी, शिव नेपाली, रास्वपाका सहकोषाध्यक्ष दीपक बोहरासहितका नेताहरु सहभागी पार्टीले जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button