समाचार

आफ्नै भबन बनाउन कम्मर कस्दै तनहुँ नेत्रहिन संघ

प्रहार समाचार । तनहुँ, पुस ६ शुक्रबार ।तनहुँ नेत्रहिन संघ व्यास नगरपालिका वडा नम्बर ५ चापाघाट यतिबेला आफ्नै भवन बनाउन कम्मर कसिरहेको छ।

व्यास नगरपालिका वडा नम्बर ५ का समाजसेवी केपी गुरुङले झन्डै २५ लाख रुपैयाँ पर्ने ४ आना दुई दामको जग्गा गत मंसिरमा निःशुल्क उपलब्ध गराइदिएपछि तनहुँ नेत्रहिन सङ्घ भवन बनाउन अग्रसर भएको हो।


जसका लागि नेत्र तनहु नेत्रहीन संघले शुक्रबार दमौलीमा एक पत्रकार सम्मेलनको आयोजना गरी यही पुष १६ गतेदेखि २६ गतेसम्म महायज्ञ लगाउने भएको छ अपाङ्ग मैत्री भवन नहुँदा कार्यालय सञ्चालन गर्न साह्रै समस्या परेकोले महाज्ञ आयोजना गर्नुपरेको सङ्घका अध्यक्ष चीनबहादुर कुमारले बताए ।


संस्थाका संस्थापक अध्यक्ष कृष्णप्रसाद अधिकारी महायज्ञ सञ्चालन गरी सबैको सहयोगबाट ४० लाखको हाराहारीमा रकम उठ्ने र उक्त रकमबाट दुईतले भवन बनाउने योजना रहेको बताए ।उनले भने “हामीले पहिलो पटक आयोजना गरेको कार्यक्रम भएकोले सबैको साथ र सहयोग पाउनेमा म विश्वास रहेको छु”। महायज्ञमा तनहुँ जिल्ला भरिका विभिन्न संघसंस्था, आमा समूह ,क्लब, तथा अन्य संघसंस्थाहरूबाट सहयोग मिल्नेमा संस्थाका सचिव विराजमान कुमार ढुक्क छन् ।


कार्यक्रममा अपाङ्ग अधिकारकर्मी मदन पौडेल संस्थाका अन्य पदाधिकारी तथा पत्रकारहरूको उपस्थिति रहेको थियो ।महायज्ञ यही पुष १६ गतेदेखि २६ गतेसम्म व्यास नगरपालिका वडा नम्बर ३ मा रहेको अनसन चौतारी अगाडिको खुला मैदानमा सञ्चालन गरिने तनहु नेत्रहिन संघले जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button