प्रहार समाचार ।तनहुँ, पुस ६ शुक्रबार ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भ्रष्ट्राचार बढेर देश कङ्गाल भएको बताएका छन्।

तनहुँको भिमाद नगरपालिकाको भिमाद बजारमा विहीबार आयोजित सभालाई सम्बोधन गर्दै लामिछानेले भ्रष्ट्राचारले देश आर्थिक सङ्कटमा परेकाले युवाहरुले स्वदेशमा अवसर नपाएको बताए। सभापति लामिछानेले भने ‘ हाम्रो प्रमुख मुद्दा भ्रष्टाचारको अन्त्य गर्ने र विकासलाई गतिशिल बनाई युवाहरुलई स्वदेशमै रोजगारी दिने नै हो।’

२०८४ चुनावमा बहुमत ल्याएर भ्रष्टाचारको फाइल खोल्ने लामिछानेले दाबी थियो। भ्रष्ट्राचार अन्त्यको अभियानमा लागेकाले आफूले मुद्दा र घेराबन्दीको व्यहोर्नु परेको र सरकारले भ्रष्टाचार फाइल खोल्ने गरेपनि आफ्नो मान्छेको नाम आएपछि बन्द गर्ने सभापति लामिछानेको आरोप रहेको थियो । महिला दिदी बहिनीलाई र सुरक्षा र सम्मान गर्नुपर्छ भनेर आफ्नो निर्वाचन क्षेत्र चितवनमा महिलाको लागि सार्वजानिक यातायात सेवा दिन ब्लु बस सञ्चालन गरेको लामिछानेले बताए ।
























