प्रहार समाचार । तनहुँ, पुस ४ बुधबार ।
सूचना तथा प्रविधिको प्रतिष्ठित अवार्डको रुपमा परिचित आइसिटी अवार्डको आठौं संस्करणमा तनहुँ जिल्लाको व्यास नगरपालिका वडा नम्बर २ मा रहेको सत्यवती माध्यमिक विद्यालय उत्कृष्ट तीनमा परेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करुण राज काफ्ले, प्रधानाध्यापक पुष्पकला भट्टराई, शिक्षक अभिभावक संघका अध्यक्ष सोमराज सिग्देल प्राविधिक धारतर्फका विभागीय प्रमुख ईन्जिनियर प्रदिप अधिकारी र विद्यालय व्यवस्थापन समितिका सदस्य कृष्णकुमार श्रेष्ठ सहितको टोली पुस ६ गते काठमाडौँको सोल्टी होटलमा हुने ग्रयाण्ड फिनालेमा सहभागीताका लागि जाने अध्यक्ष काफ्लेले बताए ।

सत्यवती मध्यामिक विद्यालयले कक्षा पिपि वान देखि ७ कक्षा सम्म स्मार्ट टिभि, कक्षा ८ देखि १२ कक्षा सम्म स्मार्ट बोर्ड मार्फत पठनपाठन अगाडी बढाइरहेको छ । हरेक कक्षाकोठामा इन्टरनेटको सुविधा तथा हरेक कक्षा कोठा तथा आवश्यक अन्य स्थानमा सिसि क्यामराबाट निगरानी हुने व्यवस्था मिलाएको विद्यालयका प्रधानाध्यापक पुष्पकला भटृराईको भनाई छ । प्रअ भन्छिन्- ” हाम्रो यहि राम्रो कामको मूल्याङ्कनका आधारमा देशकै प्रतिष्ठित अइसिटी अर्वाडको लागि उत्कृष्ट तीनमा पर्न सफल भएका हौँ , जस्ले हामीलाई थप हौसला र जिम्मेवार बनाएको छ”।

लिभिङ विथ आइसिटी मुख्य आयोजक रहेको छनोटका लागि नेपालका १४ र अन्य देशका चारजना जुरी सदस्य रहेका छन् भने १५ जनाको विशिष्ट सल्लाहकार समिति गठन भएको छ। सन् २०१६ बाट सुरु भएको आइसिटी अवार्ड हरेक वर्ष परिस्कृ र विस्तारित रुपमा आयोजना गरिँदै आएको अइसिटी अवार्डका अध्यक्ष राजन लम्सलले प्रहार समाचारलाई बताए ।

आइसिटी अवार्डहरूमध्ये सबैभन्दा बृहत निष्पक्ष र पारदर्शी रहने आयोजकको दाबी रहेको छ। स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड , व्यक्तिगत योगदानको आधारमा प्रदान गरिने अवार्ड तथा संस्थागत विधाहरूतर्फ डिजिटल एजुकेसन आइसिटी अवार्ड, स्टाटर्स प्रडक्ट राइजिङ स्टार डिजिटल पब्लिक सेन्टर तथा प्राइभेट सेन्टर डिजिटल गभर्मेन्ट आइसिटी अवार्ड २०२३ लगायतका रहेका छन् ।
























