साहित्य

मुख थुन्न सकिन्न ( कविता)

थोरै मान्छेहरु मात्रै बुझ्छन् प्राकृतिक गीत
पहाडको अनि छहराको
छङ्छङ गर्दै फाल हाल्ने छहराका गीत
आफैं गुन्जिरहन्छन्
मुखार या पुछारबिन्दुबाट
एकपटक झसङ हुन्छ र
पुनः  गुन्जिन्छ आवाज
तर पनि सकिन्न
बोल्नेको मुख थुन्न

पंक्षीहरुको चिरबिर
घोडाको हिन हिनाइ
कुकुरको भ्वाँ भ्वाँ
अनि पाठाहरुको म्याँ म्याँ
खै कस्ले सकेको छ मुख थुन्न
पहाडको सुस्केरा र हिमालको शालीनता
आफै बोलिरहेछ मस्तिष्कमा धून बनेर
तर पनि सकिन्न कसैको मुख थुन्न

त्यो लय अनि विलयको आत्मकथा
सुस्ताइरहेछ अनवरत
घुम्छ अनि फर्कन्छ
मुख फर्काएर या त पुछारबिन्दुबाट
छट्पटीका बहुमुख भएर तर्लङ झुन्डिन्छ एउटा पल
बिजाउँछ अनि दर्फराउँछ
सुकिला मनका भित्ताहरु
खैर!
सकिन्न मुख थुन्न
संशय र  भ्रमका उत्कण्ठाहरुमा
चोइट्याइरन्छ ,पोलिरहन्छ ।।

तनहुँ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button