शिक्षाहेडलाईनव्याससमाचारगण्डकीसाहित्य

भानु जयन्तीमा व्यास दिव्य ज्योति बोर्डिङ स्कुलमा कविता वाचन प्रतियोगिता सम्पन्न

प्रहार समाचार । तनहुँ, २९ असार २०८३ सोमबार । २१३औँ भानु जयन्तीको अवसरमा तनहुँको व्यास दिव्य ज्योति बोर्डिङ स्कुलमा आज कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ। विद्यालयमा आयोजित प्रतियोगितामा २७ जना विद्यार्थीको सहभागिता रहेको थियो।

प्रतियोगितामार्फत विद्यार्थीहरूले आदिकवि भानुभक्त आचार्यका चर्चित कृतिहरू तथा भानुभक्तीय कविता वाचन गरेका थिए। प्रतियोगिता सिनियर र जुनियर गरी दुई समूहमा सञ्चालन गरिएको विद्यालयले जनाएको छ। सिनियरतर्फ प्रतीक बिष्ट प्रथम, यास्मिन मल्ल द्वितीय, सम्पूर्ण सदासंकर तृतीय तथा लक्ष्मी सदासंकरले सान्त्वना पुरस्कार प्राप्त गरे।

त्यसैगरी जुनियरतर्फ सुमिरा लम्साल प्रथम, सिरिसा अधिकारी द्वितीय, रिदम बस्नेत तृतीय तथा प्राप्ति गोदारले सान्त्वना पुरस्कार हासिल गरेका छन्।प्रतियोगिताका विजेता विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको विद्यालयका सहायक प्रधानाध्यापक विदेश श्रेष्ठले जानकारी दिए।

यस्ता साहित्यिक तथा सिर्जनात्मक कार्यक्रमले विद्यार्थीहरूमा नेपाली भाषा, साहित्य र संस्कृतिप्रति रुचि बढाउनुका साथै सृजनशील क्षमता विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास उनले व्यक्त गरे। कक्षा १० का विद्यार्थी शिव सगुन श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रमको सहजीकरण उपेन्द्र खनालले गरेका थिए। भानु जयन्तीको अवसरमा आयोजित उक्त कार्यक्रमले विद्यार्थीहरूलाई आदिकवि भानुभक्त आचार्यको साहित्यिक योगदानसँग परिचित गराउनुका साथै नेपाली भाषा र साहित्यप्रति सम्मान तथा संरक्षणको भावना अभिवृद्धि गर्न सहयोग पुगेको विद्यालयले जनाएको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button