हेडलाईनसमाचारबागमती

बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख आज प्रदर्शन गरिने 

प्रहार समाचार । काठमाडौँ, मंसिर २६ मंगलबार । काठमाडौंमा रहेको पशुपतिनाथ मन्दिरको भण्डारामा रहेको पवित्र एकमुखे रुद्राक्ष र दाहिने शङ्ख सर्वसाधारणका लागि प्रदर्शन गरिने भएको छ।


प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन वर्षभर सुरक्षित राखिएको बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख सर्वसाधारणलाई देखाउने गरिन्छ। 

यसैगरी मार्गशीर्ष कृष्ण औँसीका दिन भने अब एक वर्षका लागि सुरक्षितसाथ राखिन्छ भनी देखाउने परम्परा रहेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए। 

मङ्गलबार बिहान साढे नौ बजेदेखि करिब तीन घण्टासम्म बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख देखाउने तयारी गरिएको हो।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button