पाटीको रुपान्तरणका बारेमा गल गुरुङ लेख्छन्-पछिल्लो समय राजनीतिकर्मिहरु मार्फत अत्यधिक प्रयोग गरिरहने शब्द हो – रुपान्तरण । मुखले मात्रै रुपान्तरण भन्ने, गुटबन्दी गर्न गुदैन भन्ने तर दुईचार जना आफ्नै सिमित झुन्ड भेला गराउने अनि भाषण गरेर यस्ता यथास्थितिवादी सोचले कदापि पार्टी रुपान्तरण हुदैन, हुन पनि सक्दैन ।
राजनीतिलाई रूपान्तरण गर्ने हो भने यसलाई पद, पावर, प्रतिष्ठा र पैसाको सेरोफेरोमा राख्नु हुँदैन । राजनीति स्वार्थ प्राप्तिको त्रिपाशा खेल बनाउनु हुँदैन । यो नितान्त उन्नत समाज व्यवस्था प्राप्तिको सैद्धान्तिक आन्दोलन, सेवा, त्याग, बलिदान र प्रतिबद्धताद्वारा निर्देशित हुनुपर्छ । न्याय, समानता र समृद्धिको चालक शक्ति बन्नुपर्छ । तब मात्रै राजनीति आदर–सम्मानको विषय हुनेछ । साथै सकारात्मक मनोविज्ञान बन्नेछ अनि साथ सहयोग बढ्नेछ।














