हेडलाईनव्याससमाचारगण्डकीमनोरञ्जन

भोटिबजार महोत्सवमा आज सांगीतिक धमाका, प्रकाश दुतराज र बबिना किरातीले मञ्च तताउने

प्रहार समाचार । तनहुँ, ११ मंसिर २०८३ शुक्रबार । दमौलीको भोटिबजारमा जारी सांस्कृतिक महोत्सवमा आज सागीतिक माहोल तात्ने भएको छ। महोत्सवको आकर्षण थप्न आयोजकले युवापुस्ताको रोजाइमा परेका चर्चित कलाकारलाई एउटै मञ्चमा उतार्ने तयारी गरेको छ।

नेपाली लोक तथा दोहोरी संगीतका चर्चित गायक प्रकाश दुतराज नेतृत्वको ‘दुतराज प्रकाश एण्ड लाइनअप ब्याण्ड’ र लोकप्रिय गायिका बबिना किरातीले शुक्रबार साँझ दर्शकलाई सांगीतिक मनोरञ्जन दिनेछन्। युवाहरूको मागलाई सम्बोधन गर्दै कन्सर्ट आयोजना गर्न लागिएको दोभान युवा क्लबका अध्यक्ष नलबहादुर दरैले बताए। गायक दुतराजले ‘शिरैमा फूल माया’, ‘रेशम फूल’, ‘छैन र माया’, ‘रिमै’ लगायतका लोकप्रिय गीतमार्फत दर्शकलाई झुमाउने कलाकार संयोजक खुम दरैले जानकारी दिए। त्यस्तै, गायिका किरातीले ‘गोठाले कान्छा’, ‘आकाशैमा चिल हो कि’ र ‘पहाडमा फूल टिप्दा’ लगायतका चर्चित गीत प्रस्तुत गर्ने आयोजकले जनाएको छ।कन्सर्ट हेर्नका लागि प्रतिव्यक्ति तीन सय रुपैयाँ टिकटदर कायम गरिएको छ।

टिकट बिक्रीसमेत धमाधम भइरहेको आर्थिक समिति संयोजक सन्तोष अधिकारीले बताए। शुक्रबार साँझ हुने कन्सर्टमा युवादेखि लोकसंगीतका पारखीको उल्लेख्य उपस्थिति रहने अपेक्षा आयोजककोआयोजकको छ।चर्चित कलाकारको प्रस्तुति रहने भएपछि भोटिबजार महोत्सवको रौनक थपिने आयोजकको दाबी छ। महोत्सवलाई केवल व्यापारिक गतिविधिमा सीमित नराखी मनोरञ्जन र सांगीतिक उत्सवको केन्द्र बनाउने प्रयासस्वरूप कन्सर्ट आयोजना गरिएको हो। आजको कन्सर्टले भोटिबजारमा कति दर्शक तान्छ र महोत्सवको माहोल कति तताउँछ भन्ने चासो बढेको छ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button