हेडलाईनव्याससमाचारगण्डकीविजनेस

मर्यादित सुनचाँदी व्यवसायमा जोड, गलत क्रियाकलाप नगर्न प्रहरीको आग्रह

दमौली । तनहुँ सुनचाँदी व्यवसायी संघले विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ । तस्बिर : प्रहार अनलाइन मिडिया

आज दमौलीमा आयोजित कार्यक्रममा शुभकामना आदात प्रदान सङ्गै सुनचाँदी व्यवसायलाई मर्यादित, व्यवस्थित र समृद्ध बनाउनुपर्नेमा जोड दिइयो । कायिक्रममा बोल्दै नेपाल सुनचाँदी व्यवसायी संघका विशिष्ट सदस्य मोहनकुमार विकले व्यवसायको हित, एकता र संस्थागत सुदृढीकरणका विषयमा धारणा राखे।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक (डीएसपी) द्वारिका प्रसाद घिमिरेले जिल्लामा शान्ति सुरक्षा कायम गर्न नेपाल प्रहरी प्रतिबद्ध रहेको उल्लेख गर्दै व्यवसायीलाई गैरकानुनी तथा गलत गतिविधिमा संलग्न नहुन आग्रह गरे।

नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय सदस्य विनोदकुमार विकले सुनचाँदी व्यवसायको विश्वसनीयता र मर्यादा कायम राख्न व्यवसायी जिम्मेवार हुनुपर्नेमा जोड दिए।

संघका निवर्तमान सचिव केश बहादुर सुनारले आफ्नो हक हितका लागि व्यावसायीहरु एक जुट हुन आग्रह गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ तनहुँको पूर्व उपाध्यक्ष एवम् प्रहार अनलाइन मिडियाका सम्पादक शंकरराज नहर्की, वरिष्ट उपाध्यक्ष पदम सुनार, प्रथम उपाध्यक्ष लुद्रवीर विक र सल्लाहकार डिल्लीराम सुनार , प्रवक्ता दिपकराज बिक, लगायतले व्यवसायीले सहज रूपमा व्यवसाय संज्यालन गर्न सबै तह ले सहजिकरण गर्नुपर्नेमा जोड दिएका थिए ।

संघका महासचिव पूर्णबहादुर विकले सहजीकरण गरेको कार्यक्रममा व्यवसायीबीच आपसी सद्भाव, सहकार्य र व्यावसायिक मर्यादा कायम राख्ने विषयमा जोड दिइएको थियो। संघका अध्यक्ष हरि गहतराजको अध्यक्षतामा सम्पन्न कार्यक्रममा व्यवसायीका समस्या, व्यावसायिक अनुशासन र शान्ति सुरक्षाका विषयमा चर्चा गरिएको थियो।

संघका अध्यक्ष हरि गहतराजको अध्यक्षतामा सम्पन्न कार्यक्रममा व्यवसायीका समस्या, व्यावसायिक अनुशासन र शान्ति सुरक्षाका विषयमा चर्चा गरिएको थियो।

त्यस अवसरमा जिल्ला प्रहरी कार्यालय तनहुँ दमौलीका सूचना अधिकारी एवम् डिएसपी द्वारिका प्रसाद घिमिरेलाई संघको तर्फबाट सम्मान गरिएको थियो !



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button