हेडलाईनसमाचारगण्डकी

गोरखामा बाढीको वितण्डा : दुई पुल बगायो, १५ याक र नाकसहित चार जना बेपत्ता

प्रहार समाचार । गोरखा, २५ असोज २०८३ आइतबार । रसुवामा बाढीले मच्चाएको विनाशको कहर सेलाउन नपाउँदै गोरखामा अर्को बाढीले वितण्डा मच्चाएको छ। चुमनुब्री गाउँपालिका–६ भएर बग्ने उङगिलुङ खोलामा आज बिहानै आएको बाढीले बूढीगण्डकीमा उर्लिएर धार्चे गाउँपालिका जोड्ने माछीखोला पुल बगाएको छ।

बाढीले माछीखोला बजारमा समेत क्षति पुर्‍याएको छ भने आरुघाटको सोती र मान्बु जोड्ने पुल पनि बगाएको छ।सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार बाढीले माछीखोला बजारमा क्षति पुर्‍याउनुका साथै स्थानीय आवागमनमा समेत अवरोध सिर्जना गरेको छ। दुईवटा पुल बगाउँदा सम्बन्धित क्षेत्रको यातायात तथा आवतजावत प्रभावित भएको छ।

बाढीले भौतिक संरचनामा क्षति पुर्‍याएपछि स्थानीय क्षेत्रमा थप जोखिमको अवस्था सिर्जना भएको छ।उङगिलुङ खोला किनारमा रहेका चारवटा गोठ बाढीले बगाएको छ। गोठमा बाँधिएका १५ वटा याक र नाकसमेत बगेका छन् भने पशुको हेरचाहमा खटिएका चार जना सम्पर्कविहीन भएका छन्। बाढीले पशुधनमा ठूलो क्षति पुर्‍याउनुका साथै चार जनालाई बेपत्ता बनाएको घटनाले स्थानीय क्षेत्रमा चिन्ता बढाएको छ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button