हेडलाईनव्याससमाचारगण्डकीविजनेस

दूध बेच्ने किसानलाई तनहुँमा ८० लाखभन्दा बढी प्रोत्साहन : उत्पादन बढाउने केन्द्रको लक्ष्य

प्रहार समाचार । तनहुँ, ३० भदौ २०८३ मङ्गलवार । दूध उत्पादनलाई व्यावसायिक बनाउँदै किसानलाई उत्पादनमै आधारित प्रोत्साहन दिन तनहुँमा ८० लाख रुपैयाँभन्दा बढी अनुदान वितरण गरिएको छ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले आर्थिक वर्ष २०८२/८३ को उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमअन्तर्गत जिल्लाका दुग्ध उत्पादक किसानलाई ८० लाख ११ हजार अनुदान उपलब्ध गराएको हो। केन्द्रका अनुसार जिल्लाका १३ दुग्ध उत्पादक सहकारीमार्फत सङ्कलन भएको ३० लाख २० हजार ३ सय २२ लिटर दूधको आधारमा किसानलाई प्रतिलिटर ३ का दरले प्रोत्साहन रकम दिइएको हो। सहकारीमार्फत दूध बिक्री गर्ने किसानलाई उत्पादनको परिमाणअनुसार रकम उपलब्ध गराउँदा पशुपालनलाई थप व्यावसायिक बनाउन सहयोग पुग्ने केन्द्रले जनाएको छ।

केन्द्रका पशु स्वास्थ्य प्राविधिक रुद्रसिंह ठकुरीले उत्पादनका आधारमा प्रोत्साहन रकम उपलब्ध गराउँदा किसानलाई बढी दूध उत्पादनतर्फ आकर्षित गर्न सहयोग पुग्ने बताए। उनका अनुसार पशुपालनमा लागत बढिरहेको अवस्थामा उत्पादनसँग जोडेर दिइने यस्तो प्रोत्साहनले किसानको व्यावसायिक पशुपालनप्रतिको आकर्षण बढाउन तथा दूध उत्पादन वृद्धि गर्न योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

दूध उत्पादन गर्ने किसानलाई प्रत्यक्ष रूपमा उत्पादनसँग जोडेर अनुदान दिइएकाले यसको प्रभाव आगामी दिनमा जिल्लाको दुग्ध उत्पादनमा देखिने केन्द्रको विश्वास छ। अनुदानले परम्परागत पशुपालनबाट व्यावसायिक उत्पादनतर्फ किसानलाई अघि बढाउन र जिल्लाको दुग्ध क्षेत्रलाई थप व्यवस्थित बनाउन टेवा पुग्ने अपेक्षा गरिएको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button