प्रहार समाचार । लमजुङ, २९ भदौ २०८३ सोमबार । नेपाल शिक्षक संघ तथा नेपाल ट्रेड युनियन कांग्रेससँग आबद्ध अधिकारी परिवारकी माता स्व. देविमाया अधिकारीको स्वर्गारोहणको सातौँ दिन श्रद्धाञ्जली तथा समवेदना सभा गरिएको छ । दोर्दी गाउँपालिका–१, लामिस्वारास्थित अधिकारी निवासमा आयोजित कार्यक्रममा स्व. अधिकारीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरिएको हो ।

नेपाल कांग्रेस लमजुङका निवर्तमान सभापति तथा गण्डकी प्रदेश सरकारका पूर्वमन्त्री भेषबहादुर पौडेल, कांग्रेस गण्डकी प्रदेश संगठन विभाग प्रमुख हरिप्रसाद बराल, नेपाल शिक्षक संघ गण्डकी प्रदेश महासचिव शिवराज अधिकारी, शिक्षक संघ लमजुङ अध्यक्ष सूर्यबहादुर केसी, ट्रेड युनियन कांग्रेस लमजुङ अध्यक्ष तीर्थराज तिवारीलगायत कांग्रेस, शिक्षक, ट्रेड युनियन तथा विभिन्न भ्रातृ–शुभेच्छुक संस्थाका प्रतिनिधिहरूले स्व. अधिकारीप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

शोकसभाको अध्यक्षता नेपाली कांग्रेस दोर्दी–१ भार्तेका सभापति श्रीभद्र अधिकारीले गरेका थिए । कार्यक्रममा स्व. देविमाया अधिकारीका छोराहरू अर्जुन अधिकारी, ऋषि अधिकारी, माधव अधिकारी तथा थानेश्वर अधिकारीसहित शोकाकुल परिवारजनलाई उपस्थित सबैले समवेदना व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेका थिए ।

















