हेडलाईनसमाचारबागमती

पत्रकारिता क्षेत्रले गुमायो एक अनुभवी सम्पादक : वरिष्ट पत्रकार गौतमको निधन

प्रहार समाचार । काठमाडौं, २७ भदौ २०८३ शनिबार । नेपाली पत्रकारिता क्षेत्रमा लामो समय सक्रिय वरिष्ठ पत्रकार तथा लेखक युवराज गौतमको ६६ वर्षको उमेरमा निधन भएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि अस्पताल पुर्‍याइएका गौतमको आज बिहान निधन भएको हो ।

बलम्बुस्थित नेपाल सशस्त्र प्रहरी बल अस्पतालमा बेहोस अवस्थामा पुर्‍याइएका गौतमको स्वास्थ्य परीक्षणका क्रममा मुटुको चाल बन्द भइसकेको पाइएको अस्पतालका चिकित्सक डा. दिवाकर सिंह थापाले जानकारी दिए । चिकित्सकका अनुसार अस्पताल ल्याउँदा नै उनको अवस्था गम्भीर थियो ।सन् १९६० मा इलाममा जन्मिएका गौतमले नेपाली पत्रकारितामा लामो समय योगदान गरेका थिए । पत्रकारितासँगै लेखनमा समेत सक्रिय उनी गोरखापत्र संस्थान अन्तर्गत प्रकाशित गोरखापत्र दैनिकका पूर्वप्रधानसम्पादकसमेत थिए । समाचार सम्पादन, पत्रकारिता र लेखनका क्षेत्रमा उनको लामो अनुभव रहेको थियो ।

गौतमको निधनले नेपाली पत्रकारिता क्षेत्रमा अनुभवी पत्रकार तथा सम्पादक गुमाएको भन्दै पत्रकारिता क्षेत्रका व्यक्तिहरूले दुःख व्यक्त गरेका छन् । लामो समय सञ्चार क्षेत्रमा रहेर उनले पुर्‍याएको योगदानलाई स्मरण गर्दै उनको निधनले पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेको बताएका छन् । पारिवारिक स्रोतका अनुसार गौतमको अन्त्येष्टि भोलि आइतबार गरिनेछ । उनको निधनप्रति पत्रकार, साहित्यिक तथा सञ्चार क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button