हेडलाईनसमाचारगण्डकीशुक्लागण्डकी

तनहुँको बेलचौतारा प्रहरी गणमा एसएसपी अधिकारीको ‘सुरक्षा ब्रिफिङ’ : जिम्मेवारीमा सम्झौता नगर्न निर्देशन

प्रहार समाचार । तनहुँ, २७ भदौ २०७३ शनिबार । नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, कास्कीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्यामकृष्ण अधिकारीले प्रहरीको सुरक्षा व्यवस्थापन र कार्यसम्पादनप्रति चासो देखाउँदै तनहुँको बेलचौतारास्थित नेपाल प्रहरी विशेष सुरक्षा गणको निरीक्षण तथा अनुगमन गरेका छन्।

निरीक्षणका क्रममा एसएसपी अधिकारीले गणको समग्र अवस्था, प्रहरी कर्मचारीको कार्यसम्पादन तथा सुरक्षा व्यवस्थापनका पक्षबारे जानकारी लिएका थिए। उनले संगठनले सुम्पिएको जिम्मेवारीलाई प्रभावकारी र अनुशासित ढंगले पूरा गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्। सुरक्षा संवेदनशीलता बढिरहेको अवस्थामा प्रहरीको भूमिका थप जिम्मेवार र प्रभावकारी हुनुपर्नेमा जोड दिँदै अधिकारीले आफ्नो जिम्मेवारी निर्वाहमा कुनै कमजोरी हुन नदिन निर्देशन दिएका हुन्।

उनले सुरक्षा व्यवस्थापनमा उच्च सतर्कता अपनाउन तथा कार्यसम्पादनलाई परिणाममुखी बनाउन आवश्यक निर्देशनसमेत दिए। निरीक्षणपछि प्रहरी कर्मचारीलाई निर्देशन गर्दै एसएसपी अधिकारीले संगठनको जिम्मेवारीलाई प्राथमिकतामा राखेर व्यावसायिकता, अनुशासन र कर्तव्यनिष्ठाका साथ काम गर्न आग्रह गरेका थिए। निरीक्षणलाई प्रदेश प्रहरी नेतृत्वबाट गणको सुरक्षा तयारी र कार्यसम्पादनको प्रत्यक्ष मूल्यांकनका रूपमा हेरिएको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button