हेडलाईनसमाचारबागमती

गैंडाकोटमा दुई बस ठोक्किँदा १८ घाइते, घाइतेमध्ये अधिकांश स्थानीय ( घाइतेहरुको सूचि सहित )

प्रहार समाचार । गैंडाकोट, २७ भदौ २०८३ शनिबार । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)को गैंडाकोट–१२ हर्कपुरमा आज बिहान दुई बस एकआपसमा ठोक्किँदा १८ जना घाइते भएका छन्। दुर्घटनामा घाइते हुनेमा गैंडाकोटसहित चितवन, गोरखा, दाङ, रुपन्देही र कालिकोटका यात्रु रहेका छन्। नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको लु.२ ख ६४५७ नम्बरको बसलाई सोही दिशातर्फ जाँदै गरेको लु.२ ख ६०३६ नम्बरको बसले पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ।

ठक्करपछि दुवै बसमा सवार यात्रु घाइते भएका हुन्। घाइते सबैलाई उपचारका लागि भरतपुरका विभिन्न अस्पतालमा पठाइएको छ।घाइतेमध्ये लु.२ ख ६४५७ नम्बरको बसमा सवार कालिकोटको तिलागुफा नगरपालिका–३ का ३६ वर्षीय धनमान हमाल र गैंडाकोट–५ की ६० वर्षीया लिला थापा पुरानो मेडिकल कलेज चितवनमा उपचाररत छन्। त्यस्तै, लु.२ ख ६०३६ नम्बरको बसमा सवार चितवन भरतपुर–४ का ४७ वर्षीय चालक सन्तोषबहादुर गुरुङ, गैंडाकोट–७ की १२ वर्षीया आत्रिया पौडेल, गैंडाकोट–१५ की ४० वर्षीया माधवा ज्ञवाली, गोरखाका ३५ वर्षीय शंकर बयलकोटी, गैंडाकोट–२ की ३८ वर्षीया सीता ज्ञवाली, उनकी ११ वर्षीया जस्विन ज्ञवाली र चितवन रत्ननगर–२ की १० वर्षीया दिभा रानाभाट नयाँ चितवन मेडिकल कलेजमा उपचाररत छन्।

पुरानो चितवन मेडिकल कलेजमा उपचार भइरहेका घाइतेमा बाराको कलैया उपमहानगरपालिका–९ का ६० वर्षीय मोहन भैया साह, चितवन भरतपुर–२ की ३१ वर्षीया निशा तिवारी र उनका करिब ८ वर्षीय छोरा ऐट्रेन भट्ट, दाङका ५५ वर्षीय निमलाल खड्का र उनकी ५५ वर्षीया श्रीमती अमृता खड्का, रुपन्देही मायादेवी गाउँपालिका–६ का ५७ वर्षीय मनोज गुरुङ र उनकी ५१ वर्षीया श्रीमती हुमा गुरुङ, गैंडाकोट–५ का ५२ वर्षीय प्रेमबहादुर रानाभाट तथा गैंडाकोट–६ की करिब ४३ वर्षीया मिरा आचार्य रहेका छन्।दुर्घटनामा घाइतेमध्ये गैंडाकोटका मात्रै ६ जना रहेका छन् भने अन्य घाइते विभिन्न जिल्लाका छन्। दुर्घटनामा बालबालिकादेखि वृद्धसम्म घाइते भएका छन्। घटनापछि प्रहरीले दुवै बस नियन्त्रणमा लिएर दुर्घटनाको कारणबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button