हेडलाईनसमाचारगण्डकी

लमजुङको धङ खोलामा घाइते चितुवा, उद्धार गरेर उपचारका लागि बेँसीशहर ल्याइयो

• विजय अधिकारी ( संवाददाता ) लमजुङ, २५ भदौ २०८३ बिहीबार । लमजुङको बेँसीशहर नगरपालिका–११ चिती तिलाहारबाट कार्की डाँडा जाने बाटोमा पर्ने धङ खोलामा घाइते अवस्थामा चितुवा को उद्धार गरिएको छ । चितुवा भेटिएसङ्गै स्थानीयमा त्रास फैलिएको छ ।

आज खोलामा अस्वाभाविक अवस्थामा चितुवा देखिएपछि स्थानीयले तत्काल वडा कार्यालय र वन कार्यालयलाई खबर गरेका थिए। वडा अध्यक्ष शिवप्रसाद जोशीका अनुसार धङ खोलामा चितुवा घाइते अवस्थामा बसेको देखिएको थियो। चितुवा देखिएपछि स्थानीयलाई सावधानी अपनाउन आग्रह गर्दै घटनाबारे डिभिजन वन कार्यालयलाई जानकारी गराइएको थियो। सूचना पाएलगत्तै वन कार्यालयका कर्मचारी तथा प्रहरी घटनास्थलतर्फ पुगेका थिए।

घाइते चितुवा भएकाले उद्धारका क्रममा थप जोखिम नहोस् भनेर वन अधिकृतसहितको टोली र प्रहरीले समन्वय गरेका थिए। केही समयको प्रयासपछि चितुवाको उद्धार गरी उपचारका लागि बेँसीशहर ल्याइएको डिभिजन वन कार्यालयले जनाएको छ। चितुवा कसरी घाइते भयो भन्नेबारे भने तत्काल खुल्न सकेको छैन। वन कार्यालयले चितुवाको अवस्था र घाइते हुनुको कारणबारे थप अध्ययन गरिरहेको जनाएको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button