हेडलाईनसमाचारभानुगण्डकी

भानु नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सिग्देल

प्रहार समाचार । तनहुँ, २४ भदौ २०८३ बुधबार । तनहुँको भानु नगरपालिकाको प्रमुख प्रशासनिक अधिकृतको जिम्मेवारी आजबाट अमृत सिम्देलले सम्हालेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सरुवा भएर आएका सिग्देलले उक्त जिम्मेवारी सम्हालेका हुन् ।

नगरपालिकामा आयोजित एक कार्यक्रमबीच नगर प्रमुख आनन्दराज त्रिपाठीसहित जनप्रतिनिधि तथा कर्मचारीहरूले नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत सिग्देललाई स्वागत गरेका हुन् । कार्यक्रममा नगर कार्यपालिका सदस्य तथा नगरपालिकाका विभिन्न शाखामा कार्यरत कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

कार्यभार सम्हाल्दै सिग्देलले नगरपालिकाको प्रशासनिक कामलाई प्रभावकारी बनाउँदै सेवाग्राहीले सहज, छिटो र गुणस्तरीय सेवा पाउने वातावरण निर्माणमा जोड दिने बताएका छन् । स्वागत कार्यक्रममा नगर प्रमुख त्रिपाठीले सिग्देलको कार्यकाल सफल रहोस् भन्ने शुभकामना दिँदै भानु नगरपालिकाको सेवा प्रवाहलाई थप प्रभावकारी, जनमुखी र परिणाममुखी बनाउन नयाँ प्रशासनिक नेतृत्वले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा व्यक्त गरे । नगरपालिकाको प्रशासनिक नेतृत्व परिवर्तनसँगै विकास निर्माण, सेवा प्रवाह तथा दैनिक प्रशासनिक कामलाई थप चुस्त र प्रभावकारी बनाउने चुनौती सिग्देलसामु रहेको छ ।

स्थानीय तहमा सेवाग्राहीसँग प्रत्यक्ष जोडिने प्रशासनिक संयन्त्रको नेतृत्व गर्ने प्रमुख प्रशासकीय अधिकृतको भूमिकालाई प्रभावकारी बनाउनुपर्नेमा नगरपालिकाले जोड दिएको छ । यसअघि भानु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रहेका सुरज श्रेष्ठको शिक्षा मन्त्रालयमा सरुवा भएको जनाइएको छ । श्रेष्ठको सरुवापछि मन्त्रालयबाट सिग्देललाई भानु नगरपालिकामा पठाइएको हो । नयाँ प्रशासनिक नेतृत्वसँगै भानु नगरपालिकाको सेवा प्रवाहमा थप सुधार र प्रभावकारिताको अपेक्षा गरिएको छ ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button