हेडलाईनसमाचारबागमतीसूचना प्रविधि

आजको मौसम : देशभर बदली, धेरै स्थानमा वर्षाको सम्भावना

प्रहार समाचार । काठमाडौं, २५ भदौ २०८३ बिहीबार । आज देशभर मनसुनी वायुको प्रभाव कायमै रहेकाले आज बिहीबार पनि अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेको छ। तस्बिर : प्रहार अनलाइन मिडिया

हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यतया बदली रहेको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ। केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका धेरै स्थानमा वर्षा हुन सक्नेछ। मधेशसहित बागमती र गण्डकीका तराई भूभागमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउनुपर्ने देखिएको छ। भारी वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो तथा नदी–खोलामा जलसतह बढ्न सक्ने भएकाले यात्रा गर्दा तथा नदी, खोला र जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन्। आज राति पनि देशभर सामान्यतया बदली रहने र हिमाली, पहाडी तथा तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहने पूर्वानुमान छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button