व्यासहेडलाईनसमाचारगण्डकीविजनेस

विदेशमा सिकेको सीप, स्वदेशमै उद्यम : तनहुँको दमौलीम ‘सूचना ब्युटी सोलन एन्ड एकेडेमी’ संञ्चालनमा

प्रहार समाचार । तनहुँ, २३ भदौ २०८३ मङ्गलवार । रोजगारीका लागि विदेश जाने क्रम बढिरहेका बेला तनहुँकी एक युवतीले भने विदेशमा सिकेको सीप र अनुभवलाई आफ्नै ठाउँमा फर्किएर व्यवसायमा रूपान्तरण गरेकी छन्। यही सोचसहित व्यास नगरपालिका–२, भेटघाट चोक नजिकै ‘ सुचना ब्युटी सोलन एन्ड एकेडेमी’ सञ्चालनमा ल्याइएको हो।

भदौ १९ गतेदेखि सञ्चालनमा आएको एकेडेमीकी सञ्चालक सूचना रानाभाट (तिवारी) हुन्। सौन्दर्यसम्बन्धी क्षेत्रमा दक्षता हासिल गर्न उनले तीन वर्ष दुबईमा सीप सिकेकी छन्। त्यसपछि छ महिना भारतमा थप सीप र प्रविधि सिक्दै आफ्नो दक्षतालाई विस्तार गरेकी उनले राजधानी काठमाडौंमा हेयरसम्बन्धी मास्टर्स डिग्री समेत हासिल गरेकी छन्। विदेशमा सिकेको सीपलाई विदेशमै सीमित नराखी आफ्नै ठाउँमा प्रयोग गर्ने उद्देश्यले व्यवसाय सुरु गरेको सुचना बताउँछिन्।

“विदेशमा गएर सीप सिकेँ, अनुभव बटुलेँ। अब त्यही सीप आफ्नै ठाउँमा प्रयोग गरेर केही गर्नुपर्छ भन्ने सोचले एकेडेमी सञ्चालनमा ल्याएकी हुँ,” उनले भनिन्। स्वदेशमै अवसर सिर्जना गर्न सकिने भएकाले युवापुस्ताले सीप सिकेर आफ्नै ठाउँमा उद्यम गर्नुपर्नेमा उनले जोड दिइन्।

एकेडेमीमा महिलाका लागि कपाल स्ट्रेट, हाइलाइट, केराटिन, बोटक्स, नानो प्लास्टिया लगायतका आधुनिक हेयरसम्बन्धी सेवा उपलब्ध छन्। त्यसैगरी मेनिक्योर, पेडिक्योर, थ्रेडिङ, बक्सिङ, नेल आर्ट लगायत सौन्दर्य तथा श्रृंगारसम्बन्धी सेवासमेत सुपथ मूल्यमा प्रदान गरिने सञ्चालक रानाभाटले जानकारी दिइन्। त्यति मात्र होइन, एकेडेमीमा दुलही सिंगारका साथै आवश्यक सामग्रीसमेत उपलब्ध हुने उनले बताइन्।

आधुनिक प्रविधि र गुणस्तरीय सेवामार्फत ग्राहकको आवश्यकता पूरा गर्ने उद्देश्य रहेको उनको भनाइ छ। “ग्राहकलाई राम्रो सेवा दिनु नै हाम्रो पहिलो प्राथमिकता हो। आधुनिक प्रविधि र आफूले विदेश तथा नेपालमा सिकेको सीपलाई प्रयोग गरेर गुणस्तरीय सेवा दिने प्रयास गर्छौं,” उनले भनिन्। सौन्दर्य व्यवसायलाई केवल श्रृंगारको क्षेत्रका रूपमा मात्र नभई सीप, रोजगारी र आत्मनिर्भरतासँग जोडेर अघि बढाउनुपर्नेमा उनले जोड दिइन्।

उनका श्रीमान् एन्जल तिवारीले पनि विदेशमा सिकेको सीपलाई स्वदेशमै प्रयोग गरेर उद्यमशीलताको बाटो रोज्नु सकारात्मक भएको बताए। सीप र मेहनतलाई व्यवसायसँग जोड्न सके नेपालमै पनि राम्रो सम्भावना रहेको उनको भनाइ छ। “विदेशमा गएर कमाएको अनुभव र सिकेको सीपलाई आफ्नै देशमा प्रयोग गरेर व्यवसाय सञ्चालन गर्न सकिन्छ भन्ने सन्देश दिन खोजेका छौँ,” उनले भने। युवाहरूले अवसरको खोजीमा विदेश जानुअघि सीप सिक्ने, त्यसलाई उपयोग गर्ने र सम्भावना आफ्नै ठाउँमा खोज्ने संस्कार विकास गर्नुपर्नेमा उनले जोड दिए।

सुचना ब्युटी सोलन एन्ड एकेडेमीले सेवा प्रदान गर्नुका साथै सौन्दर्यसम्बन्धी सीप सिक्न चाहनेहरूका लागि एकेडेमीका रूपमा समेत भूमिका खेल्ने लक्ष्य लिएको छ। विदेशमा सिकेको ज्ञान, भारतमा प्राप्त गरेको थप अनुभव र काठमाडौंमा हासिल गरेको व्यावसायिक दक्षतालाई आफ्नै जिल्लामा उपयोग गर्ने सूचनाको प्रयासले ‘सीप लिएर विदेश जाने मात्र होइन, सीप लिएर स्वदेश फर्केर उद्यम गर्ने’ सम्भावनालाई पनि उजागर गरेको छ।

बढ्दो सौन्दर्य चेतना र आधुनिक जीवनशैलीसँगै ब्युटी तथा हेयरसम्बन्धी सेवाको माग बढिरहेको अवस्थामा स्थानीय स्तरमै आधुनिक सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालनमा आएको एकेडेमीले व्यवसायसँगै अन्य महिलालाई समेत सीप र रोजगारीसँग जोड्ने लक्ष्य राखेको छ। विदेशमा सिकेको सीप, स्वदेशमा गरेको लगानी र आफ्नै ठाउँमा सिर्जना गरेको अवसर— सुचना ब्युटी सोलन एन्ड एकेडेमीको सुरुवात केवल एउटा व्यवसायको थालनी नभई ‘सीपलाई उद्यममा बदल्न सकिन्छ’ भन्ने एउटा प्रेरणादायी उदाहरण बनेको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button