हेडलाईनव्याससमाचारगण्डकी

बाढी–पहिरो पीडितका लागि तनहुँका पन्थको मानवीय पहल : राहत कोषमा २० हजार १ सय २१ रुपैयाँ सहयोग

प्रहार समाचार । तनहुँ, २२ भदौ२०८३ सोमबार । रसुवाको भोटेकोशीम गएको अकल्पनिय विपद्को पीडामा परेका नागरिकप्रति मानवीय दायित्व निर्वाह गर्दै तनहुँको व्यास नगरपालिका–१ निवासी समाजसेवी तथा व्यवसायी गोविन्दराम पन्थले सरकारको राहत कोषमा २० हजार १ सय २१ रुपैयाँ नगद सहयोग गरेका छन्।

देशका विभिन्न क्षेत्रमा गएको विनाशकारी बाढी तथा पहिरोबाट ठूलो जनधनको क्षति भएपछि पीडितको राहत र पुनःस्थापनामा सहयोग प पुऱ्याउने उद्देश्यले पन्थले उक्त रकम पन्थले सरकारको राहत कोषमा जम्मा गरेका हुन्। विपद्का बेला राज्यको मात्रै मुख ताकेर नहुने भन्दै नागरिकस्तरबाट पनि आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्ने सन्देश दिन आफूले राहत कोषमा रकम जम्मा गरेको पन्थले बताए। उनले बाढी–पहिरोबाट घरबारविहीन तथा प्रभावित बनेका परिवारको पीडामा मल्हम लगाउन सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्नेमा जोड दिए।

समाजसेवा र व्यवसायमा समेत सक्रिय पन्थले विपद्का बेला पीडितको साथमा उभिनु सामाजिक जिम्मेवारी भएको बताए। सानो–ठूलो सहयोगभन्दा पनि संकटका बेला पीडितको साथमा उभिने भावना महत्वपूर्ण हुने उनको भनाइ छ।पन्थको सहयोगले विपद्का कारण संकटमा परेका परिवारको राहत तथा पुनःस्थापनाका लागि राज्यले सञ्चालन गर्ने अभियानमा केही भए पनि योगदान पुग्ने अपेक्षा गरिएको छ। उनले आगामी दिनमा समेत आवश्यकता र परिस्थितिअनुसार सामाजिक तथा मानवीय कार्यमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button