हेडलाईनसमाचारगण्डकी

चियासँगै ट्राफिक प्रहरीको समीक्षा : दुर्घटना न्यूनीकरणदेखि सेवाग्राहीमैत्री व्यवहारसम्म जोड

प्रहार समाचार । लमजुड, १८ भदौ २०८३ बिहीबार । लमजुङमा ट्राफिक प्रहरीले सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले कार्यरत प्रहरी कर्मचारीसँग ‘Tea With The Team’ कार्यक्रम गरेको छ। बिहीबार बिहान ८ बजे जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङमा कार्यालय प्रमुख प्रहरी नायव निरीक्षक गौतमबहादुर खत्रीको उपस्थितिमा सम्पन्न कार्यक्रममा जिल्लाभरको समग्र ट्राफिक व्यवस्थापन, सवारी दुर्घटना न्यूनीकरण तथा आगामी कार्यदिशाका विषयमा छलफल गरिएको हो।

कार्यक्रममा एक साताको कार्यसम्पादनको समीक्षा गर्दै सवारी दुर्घटना न्यूनीकरणका रणनीति, ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री तथा परिणाममुखी बनाउने विषय र तालुक कार्यालयबाट प्राप्त नीति–निर्देशनको प्रभावकारी कार्यान्वयनबारे छलफल भएको थियो। साथै सेवाग्राहीमैत्री व्यवहार तथा आचरण, ट्राफिक प्रहरीबीच आपसी समन्वय, सहकार्य र सामूहिक कार्यगत एकता (टिम स्पिरिट) अभिवृद्धिका विषयमा समेत जोड दिइएको कार्यालयले जनाएको छ।

कार्यक्रममार्फत प्रहरी कर्मचारीको मनोबल तथा उत्प्रेरणा बढाउने, सिर्जनात्मक र नवीन कार्यलाई प्राथमिकता दिने तथा उच्च मनोबलका साथ सभ्य र शिष्ट बोली–व्यवहारसहित जिम्मेवारी निर्वाह गर्ने कार्यमैत्री वातावरण निर्माण गर्ने लक्ष्य राखिएको छ। ‘Tea With The Team’ लाई प्रहरी कर्मचारीबीच सद्भाव, भाइचारा र सहकार्य बढाउँदै आगामी दिनमा लमजुङको ट्राफिक व्यवस्थापन तथा दुर्घटना न्यूनीकरणका लागि थप प्रभावकारी रूपमा काम गर्ने वातावरण निर्माण गर्ने माध्यमका रूपमा अघि बढाइएको जनाइएको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button