हेडलाईनव्याससमाचारगण्डकी

विपद्मा तनहुँको व्यास न पा को साथ : प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख ५१ हजार

प्रहार समाचार । तनहुँ, ११ भदौ २०८३ बिहीबार । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीबाट प्रभावितको उद्धार, राहत तथा पुनःस्थापना अभियानमा व्यास नगरपालिकाले आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । नगरपालिकाले विपद् पुनःस्थापना कोषबाट रु. ५ लाख ५१ हजार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लाका नदी किनारमा ठूलो जनधनको क्षति भएपछि व्यास नगरपालिकाले विपद्को यस कठिन घडीमा प्रभावित नागरिकलाई सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम उपलब्ध गराउने निर्णय गरेको जनाएको छ । नगरपालिकाले आफ्ना जनप्रतिनिधि तथा कर्मचारीका तर्फबाट समेत पछि निर्णय गरी थप सहयोग गर्ने जनाएको छ ।नगरपालिकाका अनुसार विपद् प्रभावित क्षेत्रमा आवश्यक सहयोग पुर्‍याउन जिल्ला विपद् व्यवस्थापन समिति तथा जिल्ला प्रशासन कार्यालयसँग समन्वय भइरहेको छ ।

व्यास नगरपालिका क्षेत्रभित्रका सामाजिक संघसंस्थाले राहत तथा सहयोग संकलन गर्न चाहेमा जिल्ला विपद् व्यवस्थापन समितिसँग समन्वय गरी सहयोग संकलन तथा वितरण गर्न नगरपालिकाले आग्रह गरेको छ ।यसैबीच, बाढीमा परी ज्यान गुमाएकाहरूप्रति नगरपालिकाले श्रद्धाञ्जली तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै नगरपालिकाले व्यासका नागरिक बाढी प्रभावित क्षेत्रमा पुगेर हालसम्म सम्पर्कमा नआएको भए सम्बन्धित आफन्तले तत्काल नगरपालिका कार्यालयलाई जानकारी गराउनसमेत अनुरोध गरेको छ ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button