हेडलाईनव्याससमाचारगण्डकीस्वास्थ्य

पतञ्जली योग विज्ञान साधना केन्द्रको अध्यक्षमा पौडेल

प्रहार समाचार । तनहुँ, ५ भदौ २०८३ शुक्रबार । पतञ्जली योग विज्ञान साधना केन्द्र, व्यास नगरपालिका–१ भादगाउँको साधारण सभा तथा अधिवेशनले तीर्थराज पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । योग, स्वास्थ्य र सामाजिक जागरणका क्षेत्रमा केन्द्रको भूमिकालाई थप प्रभावकारी बनाउने प्रतिबद्धतासहित सम्पन्न अधिवेशनले पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

अधिवेशनबाट उपाध्यक्षमा कमला अधिकारी, सचिवमा तारा थापा र कोषाध्यक्षमा मनिता परियार चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा अन्जना श्रेष्ठ, कविता रानाभाट, कुमारी मल्ल, दिलु थापा र शशिकला श्रेष्ठ सर्वसम्मत चयन भएका हुन् ।

नवनिर्वाचित समितिले योग साधनालाई समुदायस्तरसम्म विस्तार गर्दै शारीरिक तथा मानसिक स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यलाई प्राथमिकतामा राख्ने जनाएको छ । नियमित योग अभ्याससँगै सामाजिक गतिविधि र स्वास्थ्यसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नेमा पनि केन्द्रले जोड दिएको छ । अधिवेशनले केन्द्रको संस्थागत गतिविधिलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै योगमार्फत स्वस्थ जीवनशैली निर्माणमा योगदान पुर्‍याउने अपेक्षा गरेको छ । नयाँ नेतृत्वले साधना केन्द्रलाई सक्रिय बनाउँदै स्थानीय समुदायमा योग तथा स्वास्थ्य चेतनाको विस्तार गर्ने प्रतिबद्धता जनाएको छ ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button