प्रहार समाचार । काठमाडौँ, २१ साउन २०८३ बिहीबार । सशस्त्र प्रहरी बल (एपीएफ) नेपालले सशस्त्र प्रहरी उपरीक्षक (एसपी)हरूको सरुवा गरेको छ। सशस्त्र प्रहरी महानिरीक्षकको साउन २१ गतेको निर्णयअनुसार प्रधान कार्यालयले आज सरुवासम्बन्धी पत्र जारी गर्दै साधारण समूह, साधारण उपसमूहतर्फका एसपीहरूलाई विभिन्न कार्यालयमा काज तथा सरुवा गरिएको जनाएको हो।

उक्त निर्णय आगामी भदौ १ गतेदेखि कार्यान्वयनमा आउनेछ। प्रधान कार्यालयका अनुसार सरुवा सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३४ तथा नियम ३५ को उपनियम (१) को खण्ड (ग) बमोजिम गरिएको हो। सरुवामा परेका अधिकृतहरूले सरुवा गरिएको कार्यालयबाटै नियमानुसार तलब, भत्ता तथा रासन सुविधा पाउने व्यवस्था मिलाइएको छ।सरुवासँगै सम्बन्धित सबै कार्यालयलाई अभिलेख किताबमा आवश्यक विवरण अद्यावधिक गर्न निर्देशन दिइएको छ।
साथै आवश्यक प्रशासनिक प्रक्रिया समयमै पूरा गर्न सम्बन्धित निकायलाई बोधार्थसमेत पठाइएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ।यसैबीच, सरुवासम्बन्धी आवश्यक अभिलेख अद्यावधिकका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत राष्ट्रिय किताबखाना (प्रहरी शाखा), लैनचौर, काठमाडौँलाई पनि पत्राचार गरिएको छ। सशस्त्र प्रहरीले नियमित प्रशासनिक व्यवस्थापन र संगठनात्मक कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन सरुवा प्रक्रिया अघि बढाइएको जनाएको छ। सरुवाको सूचि यस प्रकार रहेको छ :






















