हेडलाईनव्याससमाचारदेवघाटगण्डकीभिमादशुक्लागण्डकी

नारायणी नदीमा जलसतह बढ्दै, साँझसम्म उच्च सतर्कता अपनाउन तटीय बासिन्दालाई आग्रह

प्रहार समाचार । तनहुँ, २१ साउन २०८३ बिहिबार । गण्डकी प्रदेशका पहाडी जिल्लामा निरन्तर वर्षा भइरहेका कारण नारायणी नदी प्रणालीमा पर्ने प्रमुख नदीहरूको जलसतह बढ्न थालेपछि तटीय क्षेत्रका बासिन्दालाई बिहीबार साँझसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। तस्बिर : प्रहर अनलाइन मिडिया

जल तथा ऊर्जा आयोगको सचिवालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले एसएमएसमार्फत सूचना जारी गर्दै सम्भावित डुबान तथा बाढीको जोखिमलाई ध्यानमा राखी नदी आसपासका बस्ती र होचा क्षेत्रमा विशेष सावधानी अपनाउन अनुरोध गरेको हो। सूचनाअनुसार त्रिशुली, मर्स्याङ्दी, सेती गण्डकी, कालीगण्डकी लगायतका नदीमा जलसतह क्रमशः बढिरहेको छ। गण्डकी प्रदेशका पहाडी जिल्लामा आज साँझसम्म थप वर्षा हुने मौसम पूर्वानुमान रहेकाले यी नदीहरू हुँदै नारायणी नदीमा पानीको बहाव अझ बढ्न सक्ने जोखिम औँल्याइएको छ।

त्यसैले नदी किनार, तटीय बस्ती तथा डुबान हुने सम्भावित क्षेत्रमा बसोबास गर्ने नागरिकलाई अनावश्यक आवतजावत नगर्न र जोखिमयुक्त गतिविधिबाट टाढा रहन आग्रह गरिएको छ।प्राधिकरणले स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित प्रशासनका सूचनालाई प्राथमिकताका साथ पालना गर्न सबैलाई अपिल गरेको छ। आकस्मिक अवस्था आउन सक्ने भएकाले नदी किनारमा हुने गतिविधि तत्काल सीमित गर्न, आवश्यक सतर्कता अपनाउन तथा सम्भावित विपद्को जोखिम न्यूनीकरणमा सबै पक्षलाई जिम्मेवार बन्न पनि आग्रह गरिएको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button