हेडलाईनव्याससमाचारगण्डकी

रास्वपामा तनहुँमा विवाद चर्कियो : दाहालको सदस्यता खारेजी सिफारिसपछि प्रतिवाद, संगठनभित्र द्वन्द्व सतहमा

प्रहार समाचार । तनहुँ, १९ साउन २०८३ मंगलबार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तनहुँको व्यास नगर समितिले महाधिवेशन प्रतिनिधि राजु दाहालको पार्टी सदस्यता खारेजीका लागि जिल्ला कार्यसमितिमार्फत अनुशासन आयोगमा सिफारिस गरेको छ ।

द व्यास नगर सचिव भाग्यशाली ढुङ्गानाद्वारा दाहालमाथि पार्टीभित्र गुटबन्दी गरेको, पार्टी हितविपरीत गतिविधि सञ्चालन गरेको तथा नेतृत्वविरुद्ध सार्वजनिक अभिव्यक्ति दिएको आरोप लगाइ कार्बहीको सिफारिस गरिएको हो । अनुशासन आयोगबाट अन्तिम निर्णय नआउँदासम्म उनलाई पार्टीका कुनै पनि बैठक, कार्यक्रम तथा संगठनात्मक गतिविधिमा सहभागी नगराउन निर्देशन दिइएको पनि विज्ञप्तिमा उल्लेख छ।

नगर समितिका अनुसार पार्टीको अनुशासन, संगठनात्मक एकता र विधानको रक्षा गर्ने उद्देश्यले उक्त निर्णय गरिएको हो। केही दिनअघि व्यास ११ तनहुँसुरमा दाहालसहितका नेताहरूको छुट्टै भेला आयोजना भएपछि समानान्तर गतिविधि सञ्चालन गरी संगठनलाई विभाजनतर्फ लैजाने प्रयास भएको निष्कर्ष निकाल्दै कारबाही प्रक्रिया अघि बढाइएको जनाइएको छ।

यस घटनाले रास्वपाको तनहुँ संगठनभित्र लामो समयदेखि रहेको आन्तरिक असन्तुष्टि सतहमा आएको छ। यता, सदस्यता खारेजीका लागि सिफारिसमा परेका राजु दाहालले भने विज्ञप्तिप्रति गम्भीर आपत्ति जनाउँदै आफूमाथि लगाइएका आरोप आधारहीन, पूर्वाग्रहपूर्ण र चरित्रहत्या गर्ने उद्देश्यले प्रेरित भएको बताएका छन्। व्यवसायिक कारण देखाउँदै आफूले पार्टीबाट विश्राम लिँदा र पुनः सदस्यता नवीकरण गर्दा दिएको निवेदन सार्वजनिक गर्न चुनौती दिँदै उनले वास्तविक तथ्यलाई तोडमरोड गरी द्वेषपूर्ण ढंगले कारबाहीको प्रक्रिया अघि बढाइएको आरोप लगाएका छन् । । साथै, सुरुदेखि पार्टीमा सक्रिय इमान्दार कार्यकर्तामाथि विभेद हुने तर निर्वाचनकै बेला पार्टी र तनहुँ–१ का उम्मेदवार डा. स्वर्णिम वाग्लेप्रति कटाक्ष गर्नेहरू पुरस्कृत हुने प्रवृत्ति मौलाएको दाबी पनि उन जक संञ्जाल मार्फत गरेका छन् ।

उनले आफ्नो अभियान पार्टीविरुद्ध नभई पार्टीभित्र मौलाएको गलत प्रवृत्तिविरुद्ध रहेको स्पष्ट पार्दै सत्य, न्याय र लोकतान्त्रिक मूल्यको पक्षमा आवश्यक परे कानुनी तथा लोकतान्त्रिक सबै माध्यमबाट प्रतिकार गर्ने चेतावनी दिएका छन्। अनुशासन आयोगले गर्ने अन्तिम निर्णयले दाहालको राजनीतिक भविष्य मात्र होइन, रास्वपाको तनहुँ संगठनभित्र देखिएको आन्तरिक विवादको दिशा पनि तय गर्ने भएकाले यो प्रकरण अहिले जिल्लाको प्रमुख राजनीतिक चासोको विषय बनेको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button