हेडलाईनव्याससमाचारगण्डकी

तनहुँको नव आदर्श टोल विकास संस्थाको अध्यक्षमा केसी

प्रहार समाचार । तनहुँ , १६ साउन २०८३ शनिबार । व्यास नगरपालिका–१ स्थित नव आदर्श टोल विकास संस्थाको पाँचौं अधिवेशन तथा वार्षिक साधारणसभाले सृजना केसीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। आज सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा रामकाजी सिलवाल, सचिवमा रनबहादुर गुरुङ, कोषाध्यक्षमा प्रेमप्रसाद पौडेल चयन भएका छन् ।

टोलको सदस्यहरूमा सरोज लौडारी, शर्मिला थापा, पूर्णिमा खड्का, विष्णु भुजेल, सुष्मा सिलवाल, कमला हड्खले र हुमलाल सुनार निर्विरोध चयन भएका छन्। निर्वाचन समितिका संयोजक अधिवक्ता डम्बरदेव हड्खलेका अनुसार सम्पूर्ण पदाधिकारी तथा सदस्यहरू सर्वसम्मत रूपमा निर्विरोध चयन भएका हुन्। नवगठित कार्यसमितिले टोलको समग्र विकास, सामाजिक एकता, सरसफाइ, पूर्वाधार विस्तार तथा स्थानीय समस्याको समाधानमा सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ।

यस अघि अधिवेशनको उद्घाटन गर्दै व्यास नगरपालिका–१ का वडाध्यक्ष रमेशचन्द्र हड्खलेले टोल विकास संस्था स्थानीय विकासका महत्वपूर्ण साझेदार भएको उल्लेख गर्दै समुदायको सक्रिय सहभागिता, सुशासन र पारदर्शितामार्फत टोलको समृद्धि सम्भव हुनेमा जोड दिए । निवर्तमान अध्यक्ष बद्रीनाथ न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा टोलवासी, स्थानीय जनप्रतिनिधि तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। अधिवेशनले संस्थाको वार्षिक प्रगति तथा भावी कार्ययोजनामाथि समेत छलफल गर्दै नयाँ नेतृत्वलाई सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button