हेडलाईनसमाचारगण्डकीमनोरञ्जन

‘व्यासनगर शाइनिङ स्टार २०२६, सिजन–XI’ को अडिसन छिट्टै, तयारी तीव्र

तनहुँ, १५ साउन २०८३ शुक्रबार । जेसीआई व्यासनगरको आयोजनामा सञ्चालन हुन लागेको बाल प्रतिभा प्रतियोगिता ‘व्यासनगर शाइनिङ स्टार २०२६, सिजन–XI’ को अडिसन चरण छिट्टै सुरु हुने भएको छ। आयोजकले प्रतियोगिताको तयारीलाई तीव्र बनाउँदै अडिसनको मिति, स्थान तथा आवेदन प्रक्रियाबारे विस्तृत जानकारी केही दिनभित्र सार्वजनिक गर्ने जनाएको छ।

जेसीआई व्यासनगरका अध्यक्ष जेसी अजर नागिलाले प्रतियोगिता बालबालिकामा रहेको अन्तरनिहित प्रतिभा पहिचान र उजागर गर्ने प्रभावकारी माध्यम भएको बताए। उनले यस वर्षको संस्करणलाई विगतभन्दा अझ व्यवस्थित, गुणस्तरीय र प्रभावकारी रूपमा सञ्चालन गर्ने तयारी गरिएको जानकारी दिँदै अभिभावक, विद्यालय तथा प्रतिभावान बालबालिकालाई उत्साहपूर्वक सहभागिता जनाउन आग्रह गरे।

कार्यक्रमका मूल संयोजक जेसी सुनिल श्रेष्ठका अनुसार प्रतियोगितामा ९ देखि १५ वर्ष उमेर समूहका बालबालिकाले सहभागिता जनाउन सक्नेछन्। उनीहरूले गायन, नृत्य, अभिनय, वाद्यवादन तथा अन्य सिर्जनात्मक विधामार्फत आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्राप्त गर्नेछन्। आयोजकका अनुसार ‘व्यासनगर शाइनिङ स्टार २०२६, सिजन–XI’ लाई विगतका संस्करणभन्दा अझ उत्कृष्ट, व्यवस्थित र स्मरणीय बनाउने उद्देश्यसहित तयारीलाई अन्तिम चरणमा पुर्‍याइएको छ। प्रतियोगिताले बालबालिकाको प्रतिभा विकाससँगै उनीहरूलाई राष्ट्रियस्तरसम्म पुग्ने अवसर सिर्जना गर्ने अपेक्षा आयोजकले गरेको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button