हेडलाईनसमाचारबागमती

राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेट, समसामयिक राजनीति र सुनसरी घटनाबारे छलफल

प्रहार समाचार । काठमाडौं, १३ साउन २०८३ बुधबार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा आज भेटवार्ता गरेका छन्। बुधबार राष्ट्रपति भवन शीतल निवास पुगेर उनले मुलुकको समसामयिक राजनीतिक अवस्था तथा पछिल्ला विकसित घटनाक्रमका विषयमा राष्ट्रपति पौडेलसँग छलफल गरेका हुन्।

भेटका क्रममा सभापति लामिछानेले सुनसरी घटनापछि उत्पन्न परिस्थितिका विषयमा आफ्नो धारणा राख्दै त्यस सम्बन्धमा छलफल गर्न आह्वान गरिएको सर्वदलीय बैठकबारे पनि राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए। पछिल्लो राजनीतिक घटनाक्रमले राष्ट्रिय चासोको विषय बनेकाले त्यसबारे गम्भीर छलफल भएको जनाइएको छ। राष्ट्रपति पौडेल र सभापति लामिछानेबीच मुलुकमा विकसित राजनीतिक अवस्थाले पार्न सक्ने प्रभाव, दलहरूबीचको संवाद तथा समन्वयलाई प्रभावकारी बनाउने विषयमा समेत विचार आदानप्रदान भएको स्रोतले जनाएको छ।

भेटमा राष्ट्रिय हितसँग जोडिएका समसामयिक विषयहरू पनि उठाइएको बताइएको छ।यद्यपि भेटवार्तापछि दुवै पक्षले छलफलको विस्तृत विवरण सार्वजनिक गरेका छैनन्। पछिल्ला राजनीतिक घटनाक्रम र सुनसरी घटनालाई लिएर विभिन्न तहमा बहस भइरहेका बेला राष्ट्रपति र प्रमुख राजनीतिक दलका नेताबीच भएको यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button