प्रहार समाचार । गौर (रौतहट), १३ साउन २०८३ बुधबार । सुनसरीमा भएको हिन्दु नरसंहारको विरोधमा रौतहटको गौरमा आज शान्तिपूर्ण विरोध प्रदर्शन आयोजना गरिएको छ। हिन्दु सम्राट सेवा गौर नगर समितिको आयोजनामा हुने प्रदर्शन गौरस्थित बि.पी. चोक (घण्टाघर) मा आज दिउँसो ३ बजेबाट सुरु हुने जनाइएको छ।आयोजकका अनुसार सुनसरी घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै शान्तिपूर्ण रूपमा विरोध प्रदर्शन गरिनेछ।

कार्यक्रममा स्थानीय सर्वसाधारण, विभिन्न सामाजिक तथा धार्मिक संघसंस्थाका प्रतिनिधि तथा हिन्दु समुदायका व्यक्तिहरूको सहभागिता रहने अपेक्षा गरिएको आयोजकले जनाएको छ।प्रदर्शन पूर्ण रूपमा शान्तिपूर्ण र मर्यादित ढंगले सञ्चालन गरिने आयोजकको भनाइ छ।

कार्यक्रममा सहभागी हुने सबैलाई सामाजिक सद्भाव, कानुनी व्यवस्था तथा सार्वजनिक अनुशासन कायम राख्दै उपस्थित हुन आग्रह गरिएको छ।सुनसरी घटनालाई लिएर देशका विभिन्न स्थानमा चासो र प्रतिक्रिया बढिरहेका बेला गौरमा पनि विरोध कार्यक्रम तय गरिएको हो। यस कार्यक्रममार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कानुनी कारबाहीको माग उठाइने आयोजकले जनाएको छ।















