हेडलाईनसमाचारगण्डकीस्वास्थ्य

प्रदेश अस्पताल तनहुँ दमौलीको ओपीडी सेवा बन्द : विरामीहरु मारमा

प्रहार समाचार । तनहुँ, १२ साउन २०८३ मंगलबार । आज तनहुँको दमौलीमा रहेको प्रदेश अस्पताल दमौलीको आकस्मिक सेवा बाहेकका सम्पूर्ण बहिरङ्ग (ओपीडी) सेवा बन्द गरिएको छ। वीरगन्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण, तोडफोड र दुर्व्यवहारको विरोधमा प्रदेश अस्पताल नेपाल चिकित्सक संघ (एनएमए) ले आह्वान गरेको राष्ट्रव्यापी विरोध कार्यक्रमअन्तर्गत प्रदेश अस्पताल दमौलीले पनि विरोध जनाउँदै नियमित ओपीडी सेवा स्थगित गरेको जनाइएको छ ।

अस्पताल प्रशासनले जारी गरेको अत्यावश्यक सूचनामा नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको साङ्घातिक आक्रमणको विरोधस्वरूप आज आकस्मिक (इमर्जेन्सी) बाहेकका सम्पूर्ण बहिरङ्ग सेवा बन्द गरिएको उल्लेख गरिएको छ। अस्पतालमा उपचारका लागि आउने बिरामी तथा सर्वसाधारणलाई वैकल्पिक व्यवस्था मिलाउन पनि आग्रह गरिएको छ।


ओपीडी सेवा बन्द हुँदा उपचारका लागि अस्पताल पुग्ने सेवाग्राहीहरू प्रभावित हुने भए पनि अस्पताल प्रशासनले त्यसबाट पर्न जाने असुविधाप्रति क्षमायाचना गरेको छ। चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न र घटनामा संलग्नमाथि आवश्यक कानुनी कारबाहीको माग गर्दै देशभरका सरकारी तथा निजी स्वास्थ्य संस्थाले विरोध कार्यक्रमलाई ऐक्यबद्धता जनाइरहेका छन्।


यद्यपि, प्रदेश अस्पताल दमौलीले आकस्मिक (इमर्जेन्सी) सेवा भने २४सै घण्टा नियमित रूपमा सञ्चालनमा रहने जनाएको स छ। अस्पताल प्रशासनले आपत्कालीन उपचार आवश्यक पर्ने बिरामीलाई निर्धक्क भएर अस्पताल आउन आग्रह गर्दै अन्य नियमित सेवा भने विरोध कार्यक्रम सम्पन्न भएपछि पुनः सञ्चालन गरिने जनाएको छ ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button