आँबुखैरेनीहेडलाईनसमाचारगण्डकी

तनहुँमा अवैध बालुवा र ढुङ्गा ओसारपसारमा प्रयोग भएका दुई ट्र्याक्टर पक्राउ

प्रहार समाचार । तनहुँ, ११ साउन २०८३ सोमबार । तनहुँ प्रहरीले अवैध रूपमा प्राकृतिक स्रोत–साधन ओसारपसारमा संलग्न दुई वटा ट्र्याक्टर नियन्त्रणमा लिई सम्बन्धित स्थानीय तहमार्फत कारबाही गराएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार आज भएको कारबाहीमा अवैध रूपमा बालुवा र ढुङ्गा बोकेका ट्र्याक्टरहरूबाट कुल र३२ हजार जरिवाना असुल गरिएको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरी टोलीले अवैध रूपमा बालुवा लोड गरी ढुवानी भइरहेको एउटा ट्र्याक्टर नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि व्यास नगरपालिकाको कार्यालय दमौली पठाएको थियो। उक्त ट्र्याक्टरलाई स्थानीय तहले १२ हजार जरिवाना गरेपछि मात्रै छाडिएको प्रहरीले जनाएको छ। त्यसैगरी, इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको प्रहरी टोलीले अवैध रूपमा ढुङ्गा ओसारपसार गरिरहेको अर्को ट्र्याक्टर नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि आँबुखैरेनी गाउँपालिकामा पठाएको थियो। गाउँपालिकाले उक्त ट्र्याक्टरलाई २० हजार जरिवाना गरेपछि आज छाडिएको जनाइएको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक द्वारिका प्रसाद घिमिरेले प्राकृतिक स्रोत–साधनको अवैध दोहन तथा ओसारपसार नियन्त्रणका लागि प्रहरीको निगरानी र कारबाहीलाई थप प्रभावकारी बनाइएको बताएका छन्। यस्ता गैरकानुनी गतिविधिमा संलग्न हुने व्यक्ति तथा सवारी साधनमाथि कानुनअनुसार कडा कारबाही गरिने भन्दै प्रहरीले सबैलाई कानुनी प्रक्रिया पालना गर्न आग्रह गरेको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button