हेडलाईनसमाचारविजनेसबागमती

शंकर ग्रुपका अध्यक्ष अग्रवाल किन पक्राउ परे ? ठूला व्यावसायिक घरानामा बढ्यो त्रास

प्रहार समाचार । काठमाडौं, ६ साउन २०८३ बुधबार । मुलुकका चर्चित उद्योगी तथा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अग्रवाललाई आज पक्राउ गरेको हो ।

बैड्किङ कसुरमा अग्रवाललाई काठमाडौंको डिल्लीबजार क्षेत्रबाट नियन्त्रणमा लिएको हो। लामो समयदेखि फरार प्रतिवादीका रूपमा अभियोगपत्रमा उल्लेख भएका अग्रवाल पक्राउ परेसँगै बैंकिङ कसुरका मुद्दामा कानुनी कारबाही थप कडाइका साथ अघि बढेको संकेत देखिएको छ। सीआईबीका अनुसार अग्रवाल दीपक भट्ट र आफ्नै छोरा शुलभ अग्रवालसमेत प्रतिवादी रहेको बैंकिङ कसुर मुद्दामा संलग्न छन्। यही मुद्दामा थुनछेक प्रयोजनका लागि उनलाई पक्राउ गरी आज नै उच्च अदालत पाटनमा उपस्थित गराइएको थियो । यसअघि दायर गरिएको अभियोगपत्रमा अग्रवाललाई फरार प्रतिवादीका रूपमा उल्लेख गरिएको थियो।

अग्रवालजस्ता देशका ठूला व्यावसायिक समूहका प्रमुख नै पक्राउ परेपछि बैंकिङ कारोबारमा कानुनी दायित्व उल्लंघन गर्नेहरूमाथि राज्यले कुनै पनि प्रभाव वा पहुँचको आधारमा छुट नदिने सन्देश गएको कानुन व्यवसायीहरू बताउँछन्। पछिल्लो समय बैंकिङ कसुर, चेक अनादर तथा वित्तीय अनुशासन उल्लंघनसम्बन्धी मुद्दामा अनुसन्धान र कारबाही तीव्र बनेकाले अन्य ठूला व्यावसायिक घरानामा समेत यसको मनोवैज्ञानिक प्रभाव परेको चर्चा सुरु भएको छ।यो घटनाले आर्थिक तथा बैंकिङ अनुशासन उल्लंघनका मुद्दामा कानुनको दायराबाट कोही पनि बाहिर नरहने सन्देश दिएको छ। अब उच्च अदालत पाटनले थुनछेक सम्बन्धमा गर्ने आदेशपछि अग्रवालमाथिको मुद्दा कुन दिशामा अघि बढ्छ भन्ने विषयलाई व्यवसायिक क्षेत्र र कानुनी वृत्तले चासोका साथ हेरिरहेका छन्।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button