हेडलाईनसमाचारबागमती

राष्ट्रपतिबाट चार विधेयक प्रमाणीकरण : कानुन कार्यान्वयनको बाटो खुल्यो

प्रहार समाचार । काठमाडौं, २६ असार २०८३ शुक्रबार । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेस भएका चार वटा विधेयक प्रमाणीकरण गरेका छन् । संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण भएसँगै ती विधेयक कार्यान्वयन प्रक्रियामा अघि बढ्ने भएका छन्।

राष्ट्रपति कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार प्रमाणीकरण भएका विधेयकमा सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३, सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ रहेका छन्।राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिमा ती सबै विधेयक असार २५ गते संविधानले दिएको अधिकार प्रयोग गरी प्रमाणीकरण गरिएको उल्लेख गरिएको छ।

संसद्बाट पारित भएका विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि कानुनी मान्यता प्राप्त गर्ने संवैधानिक व्यवस्था रहेको छ।चारै विधेयक प्रमाणीकरण भएसँगै सार्वजनिक खरिद प्रणाली, सम्पत्ति शुद्धीकरण नियन्त्रण, सहकारी क्षेत्रको नियमन तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी कानुनी व्यवस्थामा संशोधन कार्यान्वयनको प्रक्रिया औपचारिक रूपमा अघि बढ्ने भएको छ। सरकारले सम्बन्धित ऐन कार्यान्वयनका लागि आवश्यक नियमावली तथा प्रशासनिक तयारीलाई समेत तीव्रता दिने अपेक्षा गरिएको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button