व्यासहेडलाईनसमाचारगण्डकी

जिप्रका तनहुँका प्रमुख प्रहरी उपरीक्षक कार्कीद्वारा प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

प्रहार समाचार । तनहुँ, २४ असार २०८३ बुधबार । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले प्रहरी नायब निरीक्षक (सई) पदमा बढुवा भएका तीन प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाका अनुसार प्रहरी सहायक निरीक्षक (असई) पदबाट प्रहरी नायब निरीक्षक (सई) पदमा बढुवा भएका उमेश वस्नेत, चेतनाथ अधिकारी र बलबहादुर थापालाई आयोजित कार्यक्रममा दर्ज्यानी चिन्ह सुशोभन गरिएको हो।

दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रममा प्रहरी उपरीक्षक कार्कीले बढुवा भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नयाँ जिम्मेवारीलाई अझ उच्च व्यावसायिकता, अनुशासन र इमान्दारिताका साथ निर्वाह गर्न निर्देशन दिए। उनले पदोन्नतिसँगै संगठनप्रतिको उत्तरदायित्व पनि बढ्ने भएकाले जनविश्वास कायम राख्ने गरी कार्यसम्पादन गर्न आग्रह गरे।

प्रहरी उपरीक्षक कार्कीले नेपाल प्रहरीको छवि थप सुदृढ बनाउन कानुनको निष्पक्ष कार्यान्वयन, नागरिकमैत्री सेवा प्रवाह तथा शान्ति-सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउनु आजको आवश्यकता रहेको उल्लेख गरे। उनले सेवाभाव, अनुशासन र व्यावसायिक दक्षतालाई कार्यशैलीको मुख्य आधार बनाउन विशेष जोड दिए। दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रममा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो। बढुवा भएका प्रहरी नायब निरीक्षकहरूले संगठनले दिएको विश्वासलाई उच्च मनोबलका साथ कायम राख्दै कानुनको पालना, नागरिकको सुरक्षा र संगठनको गरिमालाई थप उँचो बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button