हेडलाईनसमाचारबन्दीपुरगण्डकी

तनहुँको बन्दीपुरकी सन्तोषी श्रेष्ठ सम्पर्कविहीन : देवघाटमा स्कुटर भेटियो

प्रहार समाचार । तनहुँ, १७ असार २०८३ बुधबार । तनहुँको बन्दीपुरका कृष्णकुमार श्रेष्ठ र ईश्वरी श्रेष्ठकी २८ वर्षीया छोरी सन्तोषी श्रेष्ठ आइतबार साँझदेखि परिवारको सम्पर्कविहीन भएपछि खोजी कार्य तीव्र पारिएको छ। परिवारले आफ्नी छोरीको अवस्था अज्ञात बनेसँगै प्रहरी, स्थानीयवासी र आफन्तको सहयोगमा विभिन्न सम्भावित स्थानमा निरन्तर खोजी गरिरहेको जनाएको छ।

तर हालसम्म उनको अवस्था वा स्थानबारे कुनै जानकारी प्राप्त हुन सकेको छैन।परिवारका अनुसार सन्तोषीले प्रयोग गर्दै आएको बा.प्र. ०६००१ प १४९९ नम्बरको स्कुटर तनहुँ–चितवन सीमास्थित देवघाटको हनुमानचोक क्षेत्रमा पार्किङ गरिएको अवस्थामा फेला परेको छ। तर स्कुटर भेटिए पनि सन्तोषी स्वयं भने सम्पर्कमा आएकी छैनन् । उनको मोबाइल फोनसमेत बन्द रहेकाले परिवारको चिन्ता झन् बढेको छ।

घटनापछि प्रहरीले आवश्यक अनुसन्धान तथा खोजीलाई निरन्तरता दिएको छ। यसैबीच परिवारले सामाजिक सञ्जालमार्फत पनि सहयोगको अपिल गर्दै सन्तोषीको खोजीमा सबैलाई साथ दिन आग्रह गरेको छ। प्रत्येक बित्दो घण्टासँगै परिवारको पीडा गहिरिँदै गएको भन्दै खोजी अभियानलाई थप प्रभावकारी बनाउन सर्वसाधारणको सहयोग अपरिहार्य रहेको उनीहरूको भनाइ छ। यदि कसैले सन्तोषी श्रेष्ठलाई कतै देखे वा कुनै जानकारी तथा कुनै संकेतसमेत थाहा छ भने नजिकको प्रहरी कार्यालय वा परिवारको सम्पर्क नम्बर ९८५५०५९८५३ मा त जानकारी गराइदिन परिवारले अनुरोध गरेको छ। एउटा जिम्मेवार सूचना नै हराइरहेकी एक छोरीलाई परिवारसँग पुनर्मिलन गराउने महत्वपूर्ण आधार बन्न सक्ने भएकाले सूचना लुकाएर नराख्न सबैमा आग्रह गरिएको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button