हेडलाईनसमाचारघिरिङगण्डकीऋषिङभिमादम्याग्देशुक्लागण्डकी

तनहुँ -२ का सांसद न्यौपानेको विकास दाबीमाथि स्थानीयको आक्रोश, ऋषिङ–घिरिङ विभेद गरेको आरोप

प्रहार समाचार । तनहुँ, ६ असार २०८३ शनिबार । तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य इन्जिनियर श्रीराम न्यौपाने समर्थक फेसबुक पेजमा शनिबार सार्वजनिक गरिएको ‘तनहुँ क्षेत्र नं. २ का विकास निर्माणका योजनाहरू’ शीर्षकको पोस्टमाथि स्थानीयवासीले तीव्र असन्तुष्टि जनाएका छन्। पाँच पृष्ठ लामो उक्त विवरण सार्वजनिक भएको केही घण्टामै स्थानीयहरूले टिप्पणीमार्फत सांसद न्यौपानेले ऋषिङ र घिरिङ क्षेत्रलाई बेवास्ता गरेको आरोप लगाउँदै विकासका नाममा प्रचारबाजी मात्रै गरिएको बताएका छन्।

 

स्थानीय दीपक श्रेष्ठले श्रृङ्ग मोटरमार्ग र कृष्ण मोटरमार्ग अझै पनि अपेक्षित रूपमा अघि नबढेको उल्लेख गर्दै ऋषिङ–घिरिङ क्षेत्रले परिवर्तन र राजनीतिक अभियानमा महत्वपूर्ण योगदान पुर्‍याएको स्मरण गराएका छन्। उनले विकासका योजनामा सबै क्षेत्रलाई समान प्राथमिकता दिन आग्रह गर्दै ऋषिङ–घिरिङलाई सधैँ उपेक्षामा राख्ने प्रवृत्ति दोहोरिन नहुने बताएका छन्।

यस्तै रमेशचन्द्र खनालले चुनावअघि गरिएका प्रतिबद्धताहरू कार्यान्वयन नभएको भन्दै कुलोको बाँध, कृष्णपथ, खानेपानी मर्मत तथा विद्यालयका लागि खरिद गरिएका स्मार्ट बोर्डबारे कुनै प्रगति नदेखिएको टिप्पणी गरेका छन्। उनले विकासका नाममा बजेट पारिएको दाबी गरिए पनि परिणाम नदेखिएको भन्दै यस्ता गतिविधिले वास्तविक विकास सम्भव नहुने बताएका छन्।

यस्तै रामनाथ सुवेदी र गोविन्द अधिकारीले श्रृङ्गपथ अवरुद्ध भइरहेका बेला धारुङभञ्ज्याङ–नेपालडाँडा–रिसिङपाटन हुँदै भिमाद जोड्ने वैकल्पिक सडकबारे सरोकारवाला निकाय मौन बसेको आरोप लगाएका छन्। उनीहरूले उक्त सडक निर्माण भए स्थानीयको समय र खर्च दुवै बच्ने दाबी गर्दै उत्पादनमुखी योजना, रोजगारी र बसोबासका आधारभूत पूर्वाधारमा लगानी नगरी सडक र पुल निर्माणलाई मात्र विकास ठान्नु गलत हुने बताएका छन्। स्थानीयवासीका यी प्रतिक्रियाले सांसद न्यौपानेको विकास दाबीप्रति क्षेत्रमै प्रश्न उठ्न थालेको संकेत गरेको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button