हेडलाईनसमाचारदेवघाटगण्डकी

चट्याङ लाग्दा तनहुँको देवघाटमा छ चौपाय मरे

प्रहार समाचार । तनहुँ, ६ असार २०८३ शनिबार । तनहुँको देवघाट गाउँपालिका–५ शिखरमा चट्याङ पर्दा एक स्थानीय कृषकको पशुचौपायामा ठूलो क्षति पुगेको छ। हिंजो साँझ परेको चट्याङका कारण स्थानीय भविलाल गुरुङको गाईगोठमा रहेका चार बोका, एक खसी र एक गाई गरि ६ चौपाय मरेका छन्।

 

प्रहरीका अनुसार गुरुङको गोठमा चट्याङ परेको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय देवघाटबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो। घटनास्थलमा पुगेर गरिएको प्रारम्भिक अनुसन्धानबाट चट्याङकै कारण पशुचौपाया मरेको प्रहरीले जनाएको छ। चट्याङका कारण पशुधनमा क्षति पुगे पनि कुनै मानवीय क्षति भएको छैन।

साथै गोठ तथा अन्य भौतिक संरचनामा समेत कुनै क्षति नभएको प्रहरीको भनाइ छ। अचानक परेको चट्याङले पशुचौपाया मरेपछि गुरुङ परिवारलाई आर्थिक नोक्सानी पुगेको छ। वर्षायामसँगै चट्याङका घटना बढ्न थालेकाले खुला स्थान तथा असुरक्षित संरचनामा रहेका मानिस र पशुचौपायाले विशेष सतर्कता अपनाउनुपर्ने सरोकारवाला निकायले बताएका छन्।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button