हेडलाईनव्याससमाचारगण्डकी

तनहुँमा खाजा पकाउने क्रममा घरमा आगलागी, महिला घाइते

प्रहार समाचार । तनहुँ , ५ असार २०८३ शुक्रबार । तनहुँको व्यास नगरपालिका–१२ छिर्कनमा खाजा पकाउने क्रममा भएको आगलागीमा एक महिला घाइते भएकी छन्। आज दिउँसो स्थानीय शान्तबहादुर थपलियाको टिनले छाएको एकतले कच्ची घरमा आगलागी भएको हो। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार घरभित्र खाजा बनाइरहेका बेला एक्कासी आगो सल्किएपछि आगलागी भएको थियो। आगो निभाउने प्रयासका क्रममा घरधनीकी श्रीमती घाइते भएकी हुन्।

 

उनको उपचारका लागि नजिकको स्वास्थ्य संस्थामा लगिएको प्रहरीले जनाएको छ। आगलागीबाट घरभित्र रहेका लत्ताकपडा, खाद्यान्न तथा अन्य घरायसी सामग्रीमा क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ।

स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। आगलागीबाट भएको क्षतिको यकिन विवरण संकलन गर्ने कार्य भइरहेको र आगलागीको कारणबारे समेत थप अध्ययन भइरहेको प्रहरीले जनाएको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button